• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधन

  •  नेपाल चौतारी
  • २०८२ कार्तिक २५, मंगलवार ०९:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बलिउडका अब्बल अभिनेता धर्मेन्द्र देवलको निधन भएको छ । श्वासप्रश्वासमा समस्या आएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचाररत ८९ वर्षिय धर्मेन्द्रको आज निधन भएको हो । स्वास्थ्य अवस्था स्थिर नभएपछि भेन्टिलेटरमा राखिएको थियो । उनलाई भेट्न शाहरुख खान, सलमान खान लगायत बलिउडका धेरै हस्तीहरू पनि सोमबार अबेर राति क्यान्डी अस्पताल पुगेका थिए ।

    धर्मेन्द्र हिन्दी सिनेमाका सबैभन्दा सम्मानित र लोकप्रिय ताराहरू मध्ये एक मानिन्छन् । ७ दशक लामो करियरमा उनले ३०० भन्दा बढी चलचित्रमा काम गरेका छन् । जसमध्ये शोले’, ’चुपके चुपके’, ’सीता और गीता’, ’धरम वीर’ जस्ता धेरै सुपरहिट फिल्महरू हुन् ।

    उनले फिल्ममा बोलेका संवादहरू समेत आजसम्म पनि हिट छन् । जसमा शोलेको ’बसन्ती इन कुत्ते के आगे डोन्ट डान्स’ सबैभन्दा हिट भएको थियो । धर्मेन्द्र ८९ वर्षका भए पनि उद्योगमा सक्रिय थिए । धर्मेन्द्र हालै फिल्म ’रकी और रानी की प्रेम कहानी’ पछि ’तेरी बातों…मे ऐसा उल्झा जिया’ मा देखिएका थिए, जसमा उनले आफ्नो अभिनयले दर्शकको मन जितेका थिए ।

    उनी अगस्त्य नन्दको फिल्म इक्किसमा पनि देखिनेछन् । जुन उनको अन्तिम फिल्म बन्नेछ । यो फिल्म २५ डिसेम्बरमा रिलिज हुँदैछ । धर्मेन्द्रको परिवारमा पत्नी हेमा मालिनी र सन्तानहरू अभिनेता सन्नी देओल, बबी देओल, ईशा देओल र आहना देओलका साथै अजिता र विजेता छन् ।

    Post Views: 118
    प्रकाशित मिति: २०८२ कार्तिक २५, मंगलवार ०९:४१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकारले बढायो गाडी भाडा
    इन्धन आयात लाग्ने कर तथा अप्रत्यक्ष शुल्कलाई स्थायी रुपले नै घटाउन कांग्रेस सांसद थापाको आग्रह
    सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ जारी’
    Advertisement
    ताजा अपडेट
    • १. आज देशलाई सबैभन्दा बढी आवश्यक छ—सम्झौता र मेलमिलाप

    • २. उपसभामुखको निर्वाचन चैत २७ गते हुने

    • ३. निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारवाही हुने

    • ४. पश्चिम नेपालबाट वर्षा सुरु

    • ५. सरकारले बढायो गाडी भाडा

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ३. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    • ४. नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नेपालको उमेदवारी

    • ५. इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो, ध्वस्त भयो : अमेरिकी राष्ट्रपति ट्रम्प

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.