बुढानिलकण्ठ हेरिटेजद्धारा संचालनमा रहेको पाँच तारे होटल लेमन ट्रि होटल प्रिमियरको सातौ वार्षिक साधारणसभाबाट अध्यक्षमा अम्बिका पौडेल चयन भएका छन् ।
साधारणले अम्बिका प्रसाद पौडेल, शिवनाथ पाण्डे, नवराज बुर्लाकोटी, बाबुकाजी कार्की र सृजना केसीलाई सञ्चालक पदमा निर्वाचित गरेको थियो । संञ्चालक समितिको पहिलो बैठकले अम्बिका प्रसाद पौडेललाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो ।
पौडेलले नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य एवं कर तथा राजश्व सतितिका सभापति छन् ।
साधारणसभाले कम्पनीको सभामा आईपीओ तथा हकप्रद निष्काशन गर्ने सहितका विविध प्रस्ताव पारित गरेको छ। पाँचतारे होटल लेमन ट्रि प्रिमियर २०८१ साल भदौदेखि संचालनमा आएको हो ।






