• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

गरिमा विकास बैंकको साधारणसभाबाट १०.५३ प्रतिशत वितरण लाभांश पारित

  •  नेपाल चौतारी
  • २०८२ कार्तिक ३०, आईतवार १०:०६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गरिमा विकास बैंकको १९औँ वार्षिक साधारणसभाबाट लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । शुक्रबारको साधारणसभाले सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट १०.५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । जसमा ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद (करसहित) रहेको छ ।

    सभाले अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्न–गाभिन उपयुक्त बैंक तथा वित्तीय संस्था खोजी गर्ने, उपयुक्त संस्थासँग मर्जर तथा एक्विजिसनका साथै पुँजी वृद्धि गर्नेलगायतका विभिन्न प्रस्ताव पारित गरेको थियो । सभामा बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपप्रताप खाणले १७ कात्तिकसम्म कायम रहेका सेयरधनीले मात्र उक्त लाभांश पाउने जानकारी दिए ।

    सभाले विशेष प्रस्तावका रूपमा बैंकको हालको चुक्ता पुँजी बढाएर ६ अर्ब १० करोड पुर्‍याउने प्रस्तावसमेत पारित गरेको छ । बैंकको हालको चुक्ता पुँजी पाँच अर्ब ६८ करोड पाँच लाख रहेकामा सभाले पारित गरेको ६ प्रतिशत बोनस सेयरले हुन आउने रकम ३४ करोड आठ लाख ३१ हजार थप गरी ६ अर्ब १० करोड पुर्‍याउने निर्णय गरेको हो ।

    साथै, सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन पारित गर्नुका साथै चालू आवका लागि लेखा परीक्षक नियुक्त गरी निजको पारिश्रमिक पनि निर्धारण गरेको छ ।

    Post Views: 47
    प्रकाशित मिति: २०८२ कार्तिक ३०, आईतवार १०:०६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालको आर्थिक वृद्धि दर २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकको अनुमान
    सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो
    पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो
    Advertisement
    ताजा अपडेट
    • १. नेपालको आर्थिक वृद्धि दर २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकको अनुमान

    • २. सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो

    • ३. पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो

    • ४. राष्ट्रपतिले चैत २७ गते दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने

    • ५. अब प्रहरी कार्यालय धाउन नपर्ने, उजुरीको प्रगति फोन र एसएमएसमार्फत जानकारी

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ३. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    • ४. नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नेपालको उमेदवारी

    • ५. इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो, ध्वस्त भयो : अमेरिकी राष्ट्रपति ट्रम्प

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.