नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुने नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करण आजदेखि शुरु हुदैछ। आज उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमान्डौं गोर्खाजका बीच प्रतिष्पर्धा हुँदैछ ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने उदघाटन खेल दिउसो ४ बजेदेखि शुरु हुने छ। यस सिजनको एनपीएलका धेरै जसो खेल नवनिर्मित टियु क्रिकेट मदानको फ्लडलाइटमा हुने छ।
खेलको उद्घाटन अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले गर्ने कार्यक्रम तय भएको छ । एनपीएलको लिग चरणको अन्तिम खेल डिसेम्बर ७ मा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुने छ।
त्यस्तै प्लेअफका खेलहरु डिसेम्बर ९ मा पहिलो क्वालिफायर खेल हुने छ भने डिसेम्बर १० मा इलिमिनेटर र डिसेम्बर ११ मा दोस्रो क्वालिफायर खेल हुने छ। त्यस्तै मङ्सिर २७ अर्थात डिसेम्बर १३ शनिबार एनपीएलको फाइनल खेल हुने छ।






