नेपाली कांग्रेसका नेता डा सुनिल शर्माको विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड स्वास्थ्य तथा शैक्षिक क्षेत्रको उत्कृष्ट करदाता बनेकोछ ।
राष्ट्रिय कर दिवस–२०८२ को अवसरमा आन्तरिक राजस्व विभागले उत्कृष्ट कर योगदान गर्ने संस्थाहरूलाई सम्मान गर्ने क्रममा स्वास्थ्य तथा शैक्षिक क्षेत्रको उत्कृष्ट करदाताका रूपमा विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड सम्मानित भएको छ ।
आर्थिक वर्ष २०८०—०८१ मा स्वास्थ्य तथा शैक्षिक क्षेत्रमा सवै भन्दा बढी कर तिरेर राज्यको राजस्व प्रणालीलाई मजबुत बनाउन योगदान दिएको भन्दै नोबेललाई सम्मान प्रदान गरिएको हो ।
स्वास्थ्य तथा शिक्षा क्षेत्रमा लामो समयदेखि कार्यगर्दै आएको नोबेल यस वर्ष पनि उत्कृष्ट करदाताको सूचीमा अग्रस्थानमा रहेको विभागले जनाएको छ । नो






