नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले देशमा राजनीतिक दलहरू खुले जसरी उद्यमशीलता र उद्योग खोल्ने वातावरण बनाउनुपर्ने बताएका छन्। रा
ष्ट्रिय युवापरिषद्ले बुधवार आयोजना गरेको कार्यक्रममा उनले जेनजी आन्दोलनपछि नेपालमा नयाँ राजनीतिक दल खोल्ने प्रतिस्पर्धा चलेको भन्दै कम्पनी, उद्यमशीलता र उद्योग खोल्ने प्रतिस्पर्धा हुनुपर्ने बताए।
उनले उद्यमशीलता, उद्योग र आर्थिक सुधारलाई राजनीतिक एजेण्डाको मुख्य प्राथमिकतामा राख्नुपर्ने बताएछ। उनले राजनीति र अर्थतन्त्रलाई समानान्तर रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।
उनले पुराना कानूनलाई परिवर्तन गरी समयानुकूल बनाउनुपर्ने पनि बताउनु भयो। ५० वर्ष पुराना कानून र प्रणालीले नयाँ पुस्ताको क्षमतालाई सम्बोधन नगर्ने उनको भनाइ छ।
उनले पुराना पुस्ताको अनुभव र नयाँ युवाको सोचलाई सँगै अघि बढाएर देश समृद्ध बनाउन लाग्नुपर्ने बताए।






