• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

जलविद्युत, पर्यापर्यटन तथा खाद्य तथा कृषिजन्य उद्योगमा अपार सम्भावनाहरू विद्यमान छन्

  •   अम्बिका प्रसाद पौडेल
  • २०८२ मंसिर २१, आईतवार ०९:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाल अवसर नै अवसरहरूको उर्वर भूमि हो। जलविद्युत, पर्यापर्यटन तथा खाद्य तथा कृषिजन्य उद्योगमा अपार सम्भावनाहरू विद्यमान छन् । विश्व बजारमा सहज पहुँचले उपभोक्ताहरूको आवश्यकता, रुचि र उपभोग व्यवहार समयसँगै परिवर्तन हुँदै गएको छ भने स्थानीय, सुरक्षित र उच्च गुणस्तरका उत्पादनप्रति माग तीव्र रूपमा वृद्धि भएको छ । बजारको यस बढ्दो मागलाई हाईलाइफले सूक्ष्म रूपमा विश्लेषण गर्दै उपभोक्ताको आवश्यकतासँग मेल खाने नवीन, स्वास्थ्यकर र मूल्य सुहाउँदो उत्पादनहरू विकास र आपूर्ति गर्न निरन्तर समर्पित रहेको छ । गुणस्तर, पहुँच योग्यता र दीर्घकालीन स्थायित्वलाई आफ्नो मूल प्राथमिकता बनाउँदै हामी कृषि तथा उत्पादन क्षेत्रको समग्र विकास र राष्ट्रिय अर्थतन्त्रमा सार्थक योगदान पुर्‍याउने दृढ प्रतिबद्धताका साथ अघि बढिरहेका छौँ ।

    यसै उद्देश्यअनुरूप हामी हाई लाइफलाई देशको अग्रणी र विश्वसनीय खाद्य उत्पादन ब्रान्डका रूपमा स्थापित गर्दै यसको दीर्घकालीन सुदृढीकरणमा पूर्णतः प्रतिबद्ध छौँ । हाम्रो लक्ष्य नेपालका ७७ वटै जिल्लाका घर–घरमा दैनिक उपभोगका उच्च गुणस्तरका, पौष्टिक र सुरक्षित उत्पादनहरू विश्वसनीय रूपमा पुर्‍याउनु मात्र नभई नयाँ स्वाद, नवीनता र उपभोक्तामैत्री समाधान मार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा ब्रान्डको प्रतिस्पर्धात्मक पहिचानलाई निरन्तर उन्नत बनाउँदै लैजानु हो । यही रणनीति अन्तर्गत गत वर्षदेखि अमेरिका, जापान, अस्ट्रेलिया, युरोप, कोरिया र युएईजस्ता प्रमुख विकसित राष्ट्रहरूमा हाम्रा उत्पादनहरू प्रत्यक्ष रूपमा निर्यात गर्न सफल भएका छौँ । हामी यस सफलतालाई अझ व्यवस्थित, दिगो र बजारोन्मुख रणनीतिका माध्यमबाट अगाडि बढ्दै यस क्षेत्रमा हुने गरेको आयातलाई प्रतिस्थापन गरि जहाँ नेपाली त्यहाँ नेपाली उत्पादनको मन्त्रलाई आत्मसाथ गर्दै निर्यातलाई प्रबर्दन गर्न अघि बढिरहेका छौँ । हामी विश्वस्त छौँ कि यस पहलले अन्तर्राष्ट्रिय बजारमा ‘हाई लाइफ’ ब्रान्डको प्रतिष्ठा मजबुत बनाउने मात्र नभई राष्ट्रिय अर्थतन्त्र, विदेशी मुद्रा आम्दानी र समग्र खाद्य उद्योगको गुणस्तरीयता अभिवृद्धिमा पनि उल्लेखनीय योगदान पुर्‍याउनेछ ।

    यससँगै हाम्रो अर्को प्रमुख लक्ष्य रोजगारी सिर्जना, कृषकहरूसंग व्यवसायिक सहकार्य, कृषि उत्पादनमा प्रोत्साहन, उचित मूल्य सुनिश्चित गर्दै आर्थिक सबलीकरणलाई सुदृढ बनाउनु पनि हो । यसका लागि हामी कृषक, स्थानीय समुदाय र उत्पादन शृङ्खलाका सबै पक्षसँग समन्वय गर्दै दीर्घकालीन रूपमै प्रभावकारी परिणाम दिलाउने रणनीति अवलम्बन गरिरहेका छौँ । म खुसीका साथ यहाँहरूका माझमा जानकारी गराउन चाहन्छु कि कम्पनीले ४०० भन्दा बढी प्रत्यक्ष रोजगारीका अवसरहरू सिर्जना गरेको छ त्यो भन्दा धेरै अप्रत्यक्ष रोजगारी सृजना गरि अर्थतन्त्रमा योगदान गरिरहेको छ। यसैले हामी गर्वका साथ भन्न सक्छौं कि हाम्रो यो प्रयास केवल व्यवसायिक सफलतामा सीमित नभएर सीप विकास, उत्पादन क्षमताको वृद्धि र स्थायी रोजगारी सिर्जनाकै माध्यमबाट व्यक्तिगत तथा पारिवारिक आयस्तर उकास्नुका साथै समग्र राष्ट्रिय समृद्धिमा पनि अर्थपूर्ण योगदान पुर्याउन केन्द्रीत छ।

    यस कम्पनीको दीर्घकालीन दृष्टिकोण गुणस्तरीय, पौष्टिक र सहज उपलब्ध खाद्य उत्पादनमार्फत स्वस्थ जीवनशैलीको प्रवद्र्धन गर्दै सबै सरोकारवालालाई सन्तुष्टि प्रदान गर्नु रहेको छ ।

    हाम्रो उद्देश्य बजारमा हाम्रा उत्पादनहरूको दह्रो माग सिर्जना गर्नु र सो मागलाई प्रभावकारी, विश्वसनीय र निरन्तर आपूर्तिमार्फत परिपूर्ति गर्दै उपभोक्ता तथा लगानीकर्ताहरूलाई अधिकतम लाभ प्रदान गर्नु हो । कम्पनीको मूल मूल्य–मान्यता गुणस्तरमा कुनै सम्झौता नगर्ने, ग्राहक–केन्द्रित सोचलाई प्राथमिकता दिने, उत्पादनको पहुँच सहजीकरण गर्ने, तथा सुलभ मूल्यमा उच्च गुणस्तरका वस्तुहरू उपलब्ध गराउने सिद्धान्तमा आधारित छ । स्वदेशी तथा बजारमा आफुलाई गुणस्तरमा प्रतिस्पर्धी बन्नका लागि हामी नेपाल सरकारको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तोकेका सबै मापदण्डहरू कडाइका साथ पालना गर्दै अन्तर्राष्ट्रिय स्तरका मान्यताप्राप्त प्रमाणपत्रहरू ज्बबि,ि क्ष्क्इ, न्ःए अन्तर्गत दर्ता भई उत्पादन प्रक्रियाको उत्कृष्टता निरन्तर उन्नत गरिरहेका छौँ । हामी विश्वास गर्छौँ कि यी प्रयासहरूले उपभोक्ताको भरोसा झनै दृढ बनाउनेछ र ‘हाई लाइफ’ ब्रान्डको गुणस्तरियता, प्रतिष्ठा तथा प्रतिस्पर्धात्मक क्षमतामा उल्लेखनीय वृद्धि हुनेछ ।

    अन्त्यमा, हामीप्रति निरन्तर विश्वास, समर्थन र सहयोग प्रदान गरिरहनुहुने उपभोक्ता वर्ग, शेयरधनीज्यूहरू, व्यावसायिक साझेदार, कर्जादाता बैंक, समर्पित कर्मचारीहरू, नियमक निकाय तथा सबै सरोकारवालाप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । आगामी दिनहरूमा हामी उत्कृष्ट उत्पादनहरूको प्रवद्र्धनमार्फत स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्ने, निर्यात विस्तार गरी राष्ट्रिय अर्थतन्त्रलाई थप सुदृढ बनाउने र सबै सरोकारवालाहरूलाई दिगो तथा उचित लाभ प्रदान गर्ने उद्देश्यका साथ निरन्तर क्रियाशील रहनेछौँ ।

    (हाई लाइफ एग्रो एण्ड फुड्स इन्डस्ट्रीज लिमिटेडको १०औँ वार्षिक साधारण सभामा अध्यक्षको तर्फबाट प्रस्तुत वक्तव्य )

    Post Views: 73
    प्रकाशित मिति: २०८२ मंसिर २१, आईतवार ०९:२२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज देशलाई सबैभन्दा बढी आवश्यक छ—सम्झौता र मेलमिलाप
    नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नेपालको उमेदवारी
    एकैदिन सुनको मूल्य तोलामा साढे १२ हजारले घट्यो, तोलाको कति पुग्यो ?
    Advertisement
    ताजा अपडेट
    • १. नेपालको आर्थिक वृद्धि दर २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकको अनुमान

    • २. सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो

    • ३. पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो

    • ४. राष्ट्रपतिले चैत २७ गते दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने

    • ५. अब प्रहरी कार्यालय धाउन नपर्ने, उजुरीको प्रगति फोन र एसएमएसमार्फत जानकारी

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ३. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    • ४. लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

    • ५. नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नेपालको उमेदवारी

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.