नेपाली बजारमा सुनको मूल्यमा आज पनि ठूलो गिरावट आएको छ । आज एकैदिन १८ हजार ८ सय रुपैयाँले घटेर सुन प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो ।
बिहीवार सुनको मूल्य अहिलेसम्मकै उच्च अर्थात प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेको थियो । शुक्रवार भने त्यो मूल्य घटेर तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज फेरि १८ हजार ८ सय रुपैयाँले घटेको हो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला १ हजार ५ सय ६५ रुपैयाँले घटेर ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रवार चाँदीको भाउ तोलाको ७ हजार ६५ रुपैयाँ थियो ।
बिहीवार चाँदीको मूल्य अहिलेसम्मकै उच्च अर्थात प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।






