नेपाली सिने क्षेत्रका वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।
थापाको हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।
थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थापा सिने क्षेत्रमा ‘राते काइँला’ का नाममा दर्शकमाझ प्रसिद्ध थिए । थापा शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए।





