• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

झापा गोल्डकप सुरु, उद्घाटन खेलमा झापा–११ विजयी

  •  नेपाल चौतारी
  • २०८२ माघ २४, शनिबार २०:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुरुङ्गा (झापा) । सातौँ संस्करणको झापा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलमा आयोजक झापा–११ फुटबल क्लबले नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

    घरेलु दर्शकको उल्लेख्य साथ पाएको झापा–११ ले सुरुआतदेखि उत्कृष्ट खेल प्रस्तुत गरेको थियो । प्रतिस्पर्धात्मक खेलमा पुलिस क्लबले खेलको सुरुवातमा  उत्कृष्ट प्रदर्शन गर्दै पहिलो गोल गरेको थियो । तर, त्यसयता झापा–११ ले दुई गोल गर्दै जित सुनिश्चित गर्‍यो ।

    ‘एक्स्ट्रिम सातौँ झापा गोल्डकप स्व विनोद बस्नेत स्मृति संस्करण अन्तरराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’को उद्घाटन बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईंले गरे । उद्घाटन समारोह झापा गोल्डकपका अध्यक्ष केदार गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    समारोहमा समाजसेवी स्व डोमालाल राजवंशीकी छोरी सम्पत्ति राजवंशीलाई रु एक लाखसहित सम्मान गरिएको छ । सो अवसरमा देवीगुठीका नाममा करिब १४ बिघा जग्गा प्रदान गर्नुभएका स्व राजवंशीको अर्धकदको शालिकसमेत अनावरण गरिएको छ ।

    झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष गजेन्द्र पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक वसुन्धरा खड्कासहित विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायत व्यक्तिको उपस्थिति थियो ।

    मोफसलको प्रतिष्ठित प्रतियोगिताका रूपमा परिचित झापा गोल्डकपको विजेताले रु १५ लाख र उपविजेताले रु सात लाख ५० हजार पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (मस्ट भ्यालुएबल प्लेयर) लाई मोटरसाइकल प्रदान गरिनेछ । त्यस्तै, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही रु ३५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।

    प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई रु २१ हजार प्रदान गरिनेछ । विधागत पुरस्कारको प्रायोजन अमेरिका निवासी रोशनलाल श्रेष्ठसहितको टोलीले गरेको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, मछिन्द्र क्लब, चर्च ब्वाइज युनाइटेड, लालीगुराँस क्लब पोखरा, रोयल थिम्पु कलेज (भुटान), सिंग्लिङ स्पोर्ट क्लब (भारत) एन पेनाङ फुटबल क्लब (मलेसिया) र आयोजक झापा–११ गरी १० टोली सहभागी छन् ।

    विसं २०७२ देखि झापालाई फुटबल हवका रूपमा विकास गर्ने लक्ष्यसहित आयोजना हुँदै आएको यो प्रतियोगिता पूर्वी नेपालका फुटबल प्रेमीमाझ लोकप्रिय मानिन्छ । यस वर्ष झापाका एक जना पुराना फुटबल खेलाडीलाई नगद रु २५ हजारसहित सम्मान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताअन्तर्गत आइतबार त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।

    Post Views: 72
    प्रकाशित मिति: २०८२ माघ २४, शनिबार २०:१४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
    ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणना गरिँदै
    राष्ट्रियसभाको अध्यक्ष इस्तानबुल प्रस्थान
    Advertisement
    ताजा अपडेट
    • १. एक दशकमा ३० हजार मेगावाट विद्युत् जडित क्षमता पुर्‍याउने लक्ष्य

    • २. सरकारले सार्वजनिक गर्‍यो राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्ण पाठ)

    • ३. वैशाख २९ गतेभित्र एसइई नतिजा प्रकाशन गर्ने बोर्डको तयारी, तीन दर्जन कर्मचारी परिचालन

    • ४. कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु

    • ५. यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    चर्चित
    • १. सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो

    • २. प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कुन मन्त्रीको सम्पत्ति कति ?

    • ३. संसदिय दलकाे नेता कि वरिष्ठ वा सबैभन्दा युवालाई छानौ – अर्जुननरसिंह केसी

    • ४. निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य, कार्यान्वयन नगरे कारबाही गर्न मन्त्रालयको निर्देशन

    • ५. संविधान संशोधन कार्यदलको पहिलो बैठक बस्दै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.