• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

कांग्रेसले घोषणापत्र होइन, प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा

  •  नेपाल चौतारी
  • २०८२ माघ २७, मंगलवार २१:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सिरहा । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले यस वर्ष हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टीले घोषणापत्र नभइ प्रतिज्ञापत्र ल्याउने बताएका छन् । सिरहा निर्वाचन क्षेत्र नं. ३ प्रतिनिधिसभाद्वारा आयोजित स्वागत कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो बताएका हुन् ।

    ‘फागुन २१ गते निर्वाचन हुनेछ, चैतमा सरकार गठन हुनेछ र वैशाख १ गते प्रधानमन्त्रीले उभिएर आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गर्दै पाँच वर्षभित्र गर्ने कामबारे प्रतिबद्धता जनाउनेछन्,’ उनले भने, ‘भाषण होइन, काम गरेर देखाइन्छ । वैशाख महिनाभरि बनाइएका योजनाको मूल्यांकन जेठ १ गते गरिन्छ । एक–एक महिनामा कामको मूल्यांकन हुन्छ र नागरिकलाई नै मूल्यांकनमा सहभागी गराइन्छ ।’

    सभापति थापाले प्रत्येक महिनाको १ गते सरकारको कामको समीक्षा गर्ने प्रणाली लागू गरिने बताए । ‘यस्तो सरकार बनाउन सकिन्छ । समय पनि छ । तर यसका लागि उत्साह, अनुभव, जोश, होस र सम्हाल्ने क्षमता चाहिन्छ,’ थापाले भने ।

    उनले थप भनेका छन्, ‘केवल उखान टुक्का र भत्काउने कुरा गरेर हुँदैन, सबैलाई मिलाएर अघि बढाउने क्षमता चाहिन्छ, जुन क्षमता नेपाली कांग्रेस र मसँग छ ।’

    उनले नेपाली कांग्रेसका उम्मेदवारले प्रत्येक जिल्लामा गरेका वाचा पूरा हुने दाबी गर्दै त्यसको जिम्मेवारी आफूले लिने पनि बताए । तर त्यसका लागि जनताले पहिले जिताएर पठाउनुपर्ने उनको जोड थियो ।

    ‘हामी सपना बोकेर आएका छौं । देशभरिका आमाको अनुहारमा मुस्कान ल्याउन चाहन्छौं, युवालाई भरोसा दिन चाहन्छौं र साथीहरूलाई ‘नेपाली हुँ’ भन्ने गर्व दिलाउन चाहन्छौं,’ थापाले भने, ‘त्यसका लागि जनताको साथ आवश्यक छ ।’

    उनले युवाहरूकै लागि आफू जोखिम मोलेर पार्टीको सभापति बनेको पनि बताए ।

    Post Views: 158
    प्रकाशित मिति: २०८२ माघ २७, मंगलवार २१:३४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इन्धन आयात लाग्ने कर तथा अप्रत्यक्ष शुल्कलाई स्थायी रुपले नै घटाउन कांग्रेस सांसद थापाको आग्रह
    सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ जारी’
    कानुन व्यवसायीको परिचयपत्रका आधारमा सिंहदरबार प्रवेशमा रोक, नागरिक एपमार्फत गेट पास अनिवार्य
    Advertisement
    ताजा अपडेट
    • १. इन्धन आयात लाग्ने कर तथा अप्रत्यक्ष शुल्कलाई स्थायी रुपले नै घटाउन कांग्रेस सांसद थापाको आग्रह

    • २. सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ जारी’

    • ३. कानुन व्यवसायीको परिचयपत्रका आधारमा सिंहदरबार प्रवेशमा रोक, नागरिक एपमार्फत गेट पास अनिवार्य

    • ४. राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सधैँ अग्रसर : प्रधानसेनापति सिग्देल

    • ५. ७२ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ३. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    • ४. नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नेपालको उमेदवारी

    • ५. इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो, ध्वस्त भयो : अमेरिकी राष्ट्रपति ट्रम्प

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.