• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

‘ग्रे लिष्ट’मा नेपाल, चुनौतीसँगै अवसर पनि

  •  नेपाल चौतारी
  • २०८२ माघ २८, बुधबार १४:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले नेपाल अन्तरराष्ट्रिय वित्तीय निकाय फाइनान्सियल एक्सन टाक्सफोर्सको ‘ग्रे लिष्ट’ पर्नु चुनौती पूर्ण भए पनि मुलुकको सम्पत्ति शुद्धीकरण संयन्त्र सुधार्ने ठूलो अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।

    राष्ट्र बैंकको सम्पत्ति शुद्धीकरण रोकथाम तथा सुपरिवेक्षण विभागद्वारा आज आयोजित सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादलाई वित्तीय सहयोगसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनमा उनले यो हाम्रा लागि अवसरका रूपमा पनि रहेको बताए । “यसले हामीलाई आन्तरिक संयन्त्र सुदृढ, पारदर्शी र विश्वव्यापी मापदण्डअनुसार बनाउनुपर्ने पाठ सिकाएको छ”, उनले भने ।

    अत्याधुनिक प्रविधि प्रयोग गरी वित्तीय अपराध गर्ने प्रवृत्ति बढ्दै गएको बताउँदै त्यसलाई नियन्त्रण गर्न सुपरिवेक्षण संयन्त्रलाई थप स्रोतसाधन सम्पन्न बनाउनुपर्ने पनि उनले बताए । “त्यसका लागि भोली समस्या परेपछि गरौँला भनेर वा घटनापछि प्रतिक्रियात्मक भएर हुँदैन, पूर्वतयारी गर्नुपर्छ”, उनले भने ।

    कानुनी छिद्र प्रयोग गरी वित्तीय अपचलन र अपराध गर्ने चलन बढेकाले सबै यसप्रति सचेत हुनुपर्नेमा गभर्नर प्रा डा पौडेलले जोड दिए । मुलुकलाई स्वास्थ्य र शिक्षामा खर्च गर्नुपर्ने रकम यस्ताको रोकथाममा लगाउन बाध्य बनाउनुको साथै सामाजिक र वर्गीय विभेदलाई गहिराउने धारणा पनि उनको थियो । बिहीबारसम्म सञ्चालन हुने सम्मेलनमा नेपाल, भारत, श्रीलङ्का बङ्गलादेश र मङ्गोलियाका केन्द्रीय बैंकका अधिकारीहरू सहभागी छन् । रासस

    Post Views: 63
    प्रकाशित मिति: २०८२ माघ २८, बुधबार १४:०१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो
    राष्ट्रपतिले चैत २७ गते दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने
    अब प्रहरी कार्यालय धाउन नपर्ने, उजुरीको प्रगति फोन र एसएमएसमार्फत जानकारी
    Advertisement
    ताजा अपडेट
    • १. पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो

    • २. राष्ट्रपतिले चैत २७ गते दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने

    • ३. अब प्रहरी कार्यालय धाउन नपर्ने, उजुरीको प्रगति फोन र एसएमएसमार्फत जानकारी

    • ४. ‘मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन सरकार उत्सुक’ : प्रधानमन्त्री शाह

    • ५. आज देशलाई सबैभन्दा बढी आवश्यक छ—सम्झौता र मेलमिलाप

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ३. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    • ४. नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नेपालको उमेदवारी

    • ५. इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो, ध्वस्त भयो : अमेरिकी राष्ट्रपति ट्रम्प

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.