• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

निर्वाचन आचारसंहिता कार्यान्वयनमा मुख्यमन्त्रीको जोड

  •  नेपाल चौतारी
  • २०८२ फाल्गुन ४, सोमबार १३:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले स्वच्छ निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएको बताएका छन् ।

    निर्वाचन आयोग र नेपाल कानून समाजद्वारा आज जनकपुरधाममा आयोजित ‘निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका’ शीर्षकमा आयोजित छलफलमा उनले निर्वाचन आचारसंहिताको पूर्ण पालना बिना लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण सम्भव नहुने बताए।

    मुख्यमन्त्री यादवले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय, सुरक्षाकर्मी, सञ्चारमाध्यम तथा नागरिक समाज सबैले आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिए।

    निर्वाचन आयुक्त सगुन शम्शेर जबरले निर्वाचन आचारसंहिता केवल कानुनी दस्ताबेज मात्र नभई स्वच्छ निर्वाचनको नैतिक आधार भएको बताए। उनले निर्वाचनलाई मर्यादित र पारदर्शी बनाउन सरोकार भएका सबैको साझा प्रतिबद्धता अपरिहार्य भएको बताए।

    आयुक्त जबरले आचारसंहिता उल्लंघनमा आयोगले शून्य सहनशीलताको नीति अवलम्बन गर्ने स्पष्ट पार्दै अनुगमन संयन्त्र सुदृढ बनाइएको जानकारी दिए ।

    छलफलमा विभिन्न राजनीतिक दल, सरकारी निकाय, कानुन व्यवसायी, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता थियो ।

    Post Views: 54
    प्रकाशित मिति: २०८२ फाल्गुन ४, सोमबार १३:००
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकारले बढायो गाडी भाडा
    सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ जारी’
    कानुन व्यवसायीको परिचयपत्रका आधारमा सिंहदरबार प्रवेशमा रोक, नागरिक एपमार्फत गेट पास अनिवार्य
    Advertisement
    ताजा अपडेट
    • १. सरकारले बढायो गाडी भाडा

    • २. इन्धन आयात लाग्ने कर तथा अप्रत्यक्ष शुल्कलाई स्थायी रुपले नै घटाउन कांग्रेस सांसद थापाको आग्रह

    • ३. सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ जारी’

    • ४. कानुन व्यवसायीको परिचयपत्रका आधारमा सिंहदरबार प्रवेशमा रोक, नागरिक एपमार्फत गेट पास अनिवार्य

    • ५. राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सधैँ अग्रसर : प्रधानसेनापति सिग्देल

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ३. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    • ४. नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नेपालको उमेदवारी

    • ५. इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो, ध्वस्त भयो : अमेरिकी राष्ट्रपति ट्रम्प

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.