• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

निर्वाचन सुरक्षार्थ खटिएका निर्वाचन प्रहरीको गस्ती सुरु

  •  नेपाल चौतारी
  • २०८२ फाल्गुन ५, मंगलवार २०:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ उपत्यकामा निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका अस्थायी प्रहरी (निर्वाचन प्रहरी) ले गस्ती सुरु गरेका छन्।

    फागुन २१ गते तय भएको निर्वाचनको सुरक्षा व्यवस्थापनलाई सुदृढ बनाउन उनीहरूलाई सडकमा परिचालन गरिएको हो।

    यसअघि महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रको सुरक्षामा समेत निर्वाचन प्रहरी परिचालन गरिएको थियो। करिब १० दिनको तालिमपछि उनीहरूलाई जिम्मेवारी दिइएको हो। तालिम एक साताअघि सम्पन्न भए पनि आवश्यक बन्दोबस्ती सामग्री (लौरो, सिट्टी, पोशाक, जुत्ता) तयारीमा ढिलाइ हुँदा फिल्डमा परिचालन हुन केही समय लागेको जनाइएको छ। हाल आवश्यक सामग्री उपलब्ध भइसकेपछि गस्ती कार्य सुरु गरिएको छ।

    आगामी निर्वाचनका लागि समग्रमा ३ लाख ३३ हजार ९८० सुरक्षाकर्मी परिचालन गर्ने योजना रहेको छ। जसअनुसार नेपाली सेनाका ७९ हजार ७२७, नेपाल प्रहरीका ७५ हजार ५९७, नेपाल प्रहरीको कमाण्डमा रहने १ लाख ३० हजार ९८० निर्वाचन प्रहरी, सशस्त्र प्रहरी बल नेपालका ३४ हजार ५७६ तथा सोही निकायको मातहत रहने १५ हजार ११० निर्वाचन प्रहरी परिचालन हुने छन्।

    त्यसैगरी १ हजार ९२१ गुप्तचर परिचालन हुने जनाइएको छ। चारवटै सुरक्षा निकाय तथा निर्वाचन प्रहरीसमेत गरी उल्लेखित संख्यामा सुरक्षाकर्मी निर्वाचन अवधिभर खटिने योजना रहेको छ।

    Post Views: 36
    प्रकाशित मिति: २०८२ फाल्गुन ५, मंगलवार २०:३७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकारले बढायो गाडी भाडा
    सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ जारी’
    कानुन व्यवसायीको परिचयपत्रका आधारमा सिंहदरबार प्रवेशमा रोक, नागरिक एपमार्फत गेट पास अनिवार्य
    Advertisement
    ताजा अपडेट
    • १. सरकारले बढायो गाडी भाडा

    • २. इन्धन आयात लाग्ने कर तथा अप्रत्यक्ष शुल्कलाई स्थायी रुपले नै घटाउन कांग्रेस सांसद थापाको आग्रह

    • ३. सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ जारी’

    • ४. कानुन व्यवसायीको परिचयपत्रका आधारमा सिंहदरबार प्रवेशमा रोक, नागरिक एपमार्फत गेट पास अनिवार्य

    • ५. राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सधैँ अग्रसर : प्रधानसेनापति सिग्देल

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ३. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    • ४. नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नेपालको उमेदवारी

    • ५. इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो, ध्वस्त भयो : अमेरिकी राष्ट्रपति ट्रम्प

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.