• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

गाउँको अस्पताल सुनसान ;बिरामीले उपचारका लागि लामो यात्रा गर्नुपर्ने बाध्यता

  •  नेपाल चौतारी
  • २०८२ फाल्गुन ३०, शनिबार ०८:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मुस्ताङ । माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत अस्पताल भवन एक वर्षदेखि प्रयोगविहीन बनेको छ । नेपाल–चीन सीमावर्ती क्षेत्रका स्थानीय नागरिकलाई विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवाको पहुँच स्थापित गर्ने उद्देश्यले निर्माण गरिएको २७ कोठाको आधारभूत अस्पताल भवन प्रयोगविहीन बनेको हो ।

    माथिल्लो मुस्ताङको लोमान्थाङ–४ लोमान्थाङस्थित धुराङमा एक वर्षअघि सम्पन्न भएको पाँच शय्याको आधारभूत अस्पताल भवन जनशक्ति तथा आवश्यक उपकरणको व्यवस्थापन हुन नसक्दा प्रयोगविहीन बनेको बताइएको छ । सङ्घीय सरकारको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत लोमान्थाङ गाउँपालिकाको लागत साझेदारीमा दुई तले आधारभूत स्वास्थ्य सेवा अस्पताल भवन निर्माण गरिएको थियो ।

    आव २०७८–७९ मा त्यहाँ आधारभूत अस्पताल भवन निर्माण सुरु गरिएकोमा गतवर्षको फागुन महिनामा निर्माण सम्पन्न भएको थियो । दुई वर्षको सम्झौता अवधि रहेको आधारभूत अस्पताल भवन निर्माण चलिरहँदा कोभिड महामारीका कारण एक वर्षपछि ढिलो गरी अस्पताल भवन निर्माण सम्पन्न गरिएको थियो ।

    सात करोड १९ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको लोमान्थाङस्थित आधारभूत अस्पताल भवन लोमान्थाङ बजारदेखि तल करिव आधा घण्टाको दूरीमा पर्दछ । एक वर्षअघि निर्माण सम्पन्न गरिएको आधारभूत अस्पताल भवनबाट विशेषज्ञ चिकित्सकसहितको सेवा प्रवाह गर्ने गरी शल्यक्रिया कक्ष, एक्सरे कक्ष, ल्याब कक्ष, प्रसूति कक्ष, फार्मेसी कक्षलगायत चिकित्सक तथा स्वास्थ्यकर्मी बस्ने आवाससहितको भवन निर्माण गरिएको थियो ।

    माथिल्लो मुस्ताङमा आधारभूत स्वास्थ्य सेवाका लागि सामान्य उपचार गर्न स्वास्थ्य चौकी र स्वास्थ्य इकाइहरु रहेपछि विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा नहुँदा माथिल्लो मुस्ताङका नागरिकलाई निकै सास्ती हुने गरेको छ । त्यहाँका नागरिकलाई गम्भीर बिरामी हुँदा वा भरपर्दो स्वास्थ्य सेवा प्राप्त गर्न १०० किलोमिटर दूरीको यात्रा गर्दै जोमसोम झर्नुपर्ने बाध्यता छ । कतिपय बिरामीलाई जोमसोमसमेत भरपर्दो स्वास्थ्य सेवा उपलब्ध नहुँदा पोखरा–काठमाडौँलगायतका स्थानमा जानुपर्ने बाध्यता छ ।

    लोमान्थाङ गाउँपालिकाका स्वास्थ्य संयोजक तेन्जिङ नर्बु गुरुङका अनुसार लोमान्थाङमा निर्मित आधारभूत अस्पताल आवश्यक जनशक्ति, स्वास्थ्य उपकरण र पूर्वाधार नहुँदा सञ्चालन हुन नसकेको जानकारी दिए । सरकारले आधारभूत अस्पतालका लागि चिकित्सक तथा जनशक्तिको दरबन्दी व्यवस्था र आवश्यक उपकरणलगायतको व्यवस्थापन गरिदिएमा अस्पताल सञ्चालन गर्न सकिने बताए ।

    चालु वर्ष गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रीको माथिल्लो मुस्ताङको भ्रमण हुँदा यहाँको पाँच शय्याको आधारभूत अस्पताल भवनलाई चाहिने स्वास्थ्य उपकरणलगायत सामग्री खरिदका लागि लागत स्टेमेट र विवरण पठाउन निर्देशन भएको र सोहीअनुसार गाउँपालिकाले डेढ करोड बराबरको स्वास्थ्य उपकरण खरिद गर्न विवरणसहित आवश्यक डकुमेन्ट प्रदेश सरकारलाई पठाइसकिएको स्वास्थ्य संयोजक गुरुङले उल्लेख गरे ।

    ‘हामीले यहाँबाट आधारभूत अस्पताल भवनका लागि सामग्री खरिद गर्न लागत र विवरण प्रदेश सरकारलाई पठाइसकिएको छ,’ स्वास्थ्य संयोजक गुरुङले भने, ‘गत भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलनपछि यस विषयमा के हुँदैछ भन्ने जानकारी प्राप्त हुन सकिरहेको छैन ।’ गण्डकी प्रदेश सरकारले अस्पतालका लागि सामग्री खरिद गर्न लागत र विवरण आएपछि प्रदेश मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरी व्यवस्थापन गर्ने भनिएको भएपनि यस विषय अझै अन्योलमै रहेको स्वास्थ्य संयोजक गुरुङको भनाइ छ ।

    रङ्गरोगनसहित निर्माण सम्पन्न भएको पाँच शय्याको आधारभूत अस्पताल भवनमा तत्कालका लागि हेल्थ पोस्ट स्थान्तरण गरेर सामान्य प्रकारको स्वास्थ्य सेवा सञ्चालन गर्न सकिने अवस्था रहेपनि भवन लोमान्थाङ बजारदेखि टाढा समुदायलाई अपायक पर्ने भएकाले आधारभूत अस्पताल भवन प्रयोगमा आउन नसकेको उनको भनाइ छ ।

    माथिल्लो मुस्ताङका स्थानीय नागरिक तथा पर्यटकलाई भरपर्दो स्वास्थ्य सेवा प्रवाह गर्न यहाँ निर्माण गरिएको अस्पताल भवन सञ्चालनका लागि सङ्घीय तथा प्रादेशिक सरकारको ध्यान जान आवश्यक रहेको स्वास्थ्य संयोजक तेन्जिङ नर्बु गुरुङले उल्लेख गरे ।

    Post Views: 65
    प्रकाशित मिति: २०८२ फाल्गुन ३०, शनिबार ०८:५२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज देशलाई सबैभन्दा बढी आवश्यक छ—सम्झौता र मेलमिलाप
    उपसभामुखको निर्वाचन चैत २७ गते हुने
    निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारवाही हुने निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारवाही हुने
    Advertisement
    ताजा अपडेट
    • १. आज देशलाई सबैभन्दा बढी आवश्यक छ—सम्झौता र मेलमिलाप

    • २. उपसभामुखको निर्वाचन चैत २७ गते हुने

    • ३. निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारवाही हुने

    • ४. पश्चिम नेपालबाट वर्षा सुरु

    • ५. सरकारले बढायो गाडी भाडा

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ३. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    • ४. नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नेपालको उमेदवारी

    • ५. इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो, ध्वस्त भयो : अमेरिकी राष्ट्रपति ट्रम्प

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.