• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड

  •  नेपाल चौतारी
  • २०८२ चैत्र २, सोमबार ११:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज खुला राख्न विभिन्न देशलाई युद्धपोत पठाउन आह्वान गरेपछि भारतले भने इरानसँग प्रत्यक्ष वार्तामा जोड दिएको छ ।

    भारतका विदेश मन्त्री एस. जयशंकरले आइतबार प्रकाशित फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा समस्या समाधानको उत्तम उपाय कूटनीतिक छलफल नै भएकोमा जोड दिएका हुन् ।

    स्ट्रेट अफ होर्मुज (जलडमरूमध्य)बाट पानीजहाज सुरक्षित तरिकाले आवागमन जारी राख्न भारतले इरानसँग प्रत्यक्ष वार्ता गरिरहेको र त्यसबाट सकारात्मक परिणाम पनि देखिएको उनले बताएका छन् ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजबाट इन्धन बोकेका जहाज आउ–जाऊ गर्ने वातावरण बनाउनका लागि चीन, फ्रान्स, बेलायत, जापान, दक्षिण कोरिया लगायतका देशहरूलाई पनि युद्धपोत पठाउन आग्रह गरेका थिए ।

    तर जयशंकरले भनेका छन्, ‘भारतको दृष्टिकोणबाट हेर्दा हामीले तर्कसंगत रूपमा छलफल गर्ने, समन्वय गर्ने र समाधान खोज्ने बाटो नै उत्तम हो । यदि यसले अरूलाई पनि संवादमा संलग्न हुन प्रेरित गरेमा त्यसले विश्वलाई नै फाइदा पुर्‍याउँछ ।’

    भारतका दुई भारतीय झण्डाबाहक एलपीजी बोक्ने जहाज ‘शिवालिक’ र ‘नन्दा देवी’ शनिबार करिब ९२ हजार ७१२ मेट्रिक टन तरल पेट्रोलियम ग्यास बोकेर हर्मुज जलडमरूमध्य पार गर्दै भारततर्फ प्रस्थान गरेका थिए ।

    Post Views: 102
    प्रकाशित मिति: २०८२ चैत्र २, सोमबार ११:५७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रिमियर लिगमा लिड्सको अपराजित यात्रा जारी
    इन्डोनेसियामा २४० यात्रु सवार जहाज बेपत्ता, खोजी जारी
    होर्मुजमा पानीजहाजमाथि प्रहार, विश्व बजारमा तेल आपूर्तिको चिन्ता
    Advertisement
    ताजा अपडेट
    • १. बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

    • २. अठार दिनपछि कृष्णभिरको सडकमा आजबाट दुईतर्फी यातायात सञ्चालन हुँदै

    • ३. आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

    • ४. प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

    • ५. बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.