• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने

  •  नेपाल चौतारी
  • २०८२ चैत्र २, सोमबार १६:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पेरिस- अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले आफ्नो आपतकालीन तेल भण्डारबाट तेल तुरुन्तै बजारमा पठाउने जनाएको छ । विश्व बजारमा देखिएको अस्थिरता कम गर्न यस्तो कदम चालिएको जनाइएको छ ।

    एजेन्सीद्वारा आइतबार जारी विज्ञप्तिअनुसार आपतकालीन भण्डारबाट तेल छिट्टै विश्व बजारमा आपूर्ति हुन सुरु हुनेछ । यसका लागि सदस्य राष्ट्रहरूले तेल सार्वजनिक गर्ने सम्बन्धी आफ्ना कार्यान्वयन योजना पनि पेश गरिसकेका छन् । अमेरिका र युरोप क्षेत्रका सदस्य राष्ट्रहरूको भण्डारबाट भने मार्च महिनाको अन्त्यतिरदेखि तेल उपलब्ध गराइने जनाइएको छ ।

    एजेन्सीका अनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व तेल आपूर्तिमा परेको अवरोधलाई ध्यानमा राख्दै मार्च ११ मा ३२ सदस्य राष्ट्रहरूले संयुक्त रूपमा चार सय लाख ब्यारेल तेल सार्वजनिक गर्ने निर्णय गरेका थिए ।

    उक्त परिमाणमध्ये २७१ दशमलव ७ लाख ब्यारेल सरकारी भण्डारबाट, ११६ दशमलव ६ लाख ब्यारेल उद्योग क्षेत्रले अनिवार्य रूपमा राखेको भण्डारबाट र २३ दशमलव ६ लाख ब्यारेल अन्य स्रोतबाट उपलब्ध गराइने जनाइएको छ । कुल तेलमध्ये ७२ प्रतिशत कच्चा तेल र २८ प्रतिशत प्रशोधित पेट्रोलियम पदार्थ रहनेछ ।

    अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले मध्यपूर्वमा जारी युद्धले विश्व तेल बजारको इतिहासमै सबैभन्दा ठूलो आपूर्ति अवरोध सिर्जना गरेको जनाएको छ । एजेन्सीका अनुसार सदस्य राष्ट्रहरूको संयुक्त कदम हालसम्मकै सबैभन्दा ठूलो सामूहिक आपतकालीन पहल हो, जसले विश्व तेल आपूर्तिमा महत्त्वपूर्ण सहारा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

    यद्यपि एजेन्सीले तेल बजार स्थिर बनाउन होर्मुज जलडमरूमध्यबाट हुने सामान्य समुद्री ढुवानी पुनः सञ्चालन हुनु सबैभन्दा महत्त्वपूर्ण कारक रहेको पनि उल्लेख गरेको छ ।

    Post Views: 106
    प्रकाशित मिति: २०८२ चैत्र २, सोमबार १६:०४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै
    प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    Advertisement
    ताजा अपडेट
    • १. बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

    • २. अठार दिनपछि कृष्णभिरको सडकमा आजबाट दुईतर्फी यातायात सञ्चालन हुँदै

    • ३. आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

    • ४. प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

    • ५. बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.