• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

राशिद र भुर्तेलको अर्धशतकमा पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि

  •  नेपाल चौतारी
  • २०८२ चैत्र ५, बिहीबार १७:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । नेपाल पुलिस क्लबले जय ट्रफी क्रिकेटको उपाधि रक्षा गरेको छ । फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै पुलिसले लगातार दोस्रो उपाधि जितेको हो ।

    आर्मीले दिएको २२७ रनको लक्ष्य पुलिसले तेस्रो दिनको तेस्रो सत्रमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । पुलिसका लागि राशिद खानले सर्वाधिक ८१ रन बनाए । कुशल भुर्तेलले ५१ रन बनाए ।

    आर्मीका लागि पवन कार्की र शाहब आलमले २-२ विकेट लिँदा आकाश चन्द र भीम सार्कीले एक-एक विकेट लिए ।

    दोस्रो दिनको समाप्तिमा १७८ रनको अग्रता बनाएको आर्मीले तेस्रो दिन थप ४८ रन जोडेको थियो । अन्तिम विकेटका लागि आकाश चन्द र ४९ रनको साझेदारी गरेका थिए ।

    आर्मीको पहिलो इनिङ स्कोर (२२१) पछ्याउने क्रममा पुलिसले पनि समान २२१ रन बनाएर अल आउट भएपछि दोस्रो इनिङ थालेको आर्मीले दोस्रो इनिङमा २२६ रन बनाएर अलआउट भएको थियो ।

    आर्मीका लागि आकाश चन्दले ३७ रन बनाए । कुशल मल्लले ३६, शाहब आलमले ३३ रन बनाउँदा भीम सार्कीले ३२ रन बनाए । सोमपाल कामी २३ रनमा अविजित रहँदा तृतराज दासले २० तथा इमरान शेखले १५, आकाश चन्दले अविजित १५ रन बनाए ।

    पुलिसका लागि सागर ढकालले ४ विकेट लिँदा करण केसी र ललित राजवंशीले समान ३(३ विकेट लिए ।

    त्यसअघि नेपाल पुलिस क्लबले पनि पहिलो इनिङमा ६१.४ ओभर खेलेर २२१ रन बनाउँदै अलआउट भएको थियो । आर्मीले पनि पहिलो इनिङमा २२१ रन बनाएकाले पुलिसलाई कुनै अग्रता हुन सकेन ।

    पुलिसका लागि नवौँ नम्बरमा ब्याटिङ गरेका करण केसीले सर्वाधिक ७२ रन बनाएर । नआउट रहेका उनले १०९ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । करणले नवौँ विकेटका लागि ललित राजवंशीसँग ६२ रनको साझेदारी गरे । कप्तान आरिफ शेखले ४४ रन बनाए । ललित राजवंशीले २०, कुशल भुर्तेलले १८ तथा दिनेश खरेलले १७ रन बनाए ।

    आर्मीका सोमपाल कामीले १७ ओभरमा ७२ रन दिएर ५ विकेट लिएका थिए भने आकाश चन्दले २ विकेट लिँदा शाहब आलम, पवन कार्की, नरेन साउदले १-१ विकेट लिए ।

    खेलमा आर्मीले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो । पहिलो इनिङमा आर्मीले ५८.२ ओभर खेलेर २२१ रन बनाउँदा अलआउट भएको थियो । आर्मीका ओपनर इमरान शेखले सर्वाधिक ५० रन बनाए । भीम सार्कीले ३९, कुशल मल्लले ३८, तृतराज दासले ३२ र बसिर अहमदले ३० रन बनाए ।

    पुलिसका राशिद खानले ४ विकेट लिँदा करण केसी र ललित राजवंशीले ३-३ विकेट लिए । पुलिसले गत संस्करणको फाइनलमा पनि आर्मीलाई नै हराएर उपाधि जितेको थियो ।

    Post Views: 64
    प्रकाशित मिति: २०८२ चैत्र ५, बिहीबार १७:२२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पाटनमा दुई युवकमाथि छुरा प्रहार
    सातै प्रदेशमा वर्षा, बिहीबारसम्म प्रभाव रहने
    नेपालको आर्थिक वृद्धि दर २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकको अनुमान
    Advertisement
    ताजा अपडेट
    • १. पाटनमा दुई युवकमाथि छुरा प्रहार

    • २. सातै प्रदेशमा वर्षा, बिहीबारसम्म प्रभाव रहने

    • ३. नेपालको आर्थिक वृद्धि दर २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकको अनुमान

    • ४. सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो

    • ५. पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ३. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    • ४. इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो, ध्वस्त भयो : अमेरिकी राष्ट्रपति ट्रम्प

    • ५. नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नेपालको उमेदवारी

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.