• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

आसिफको शतकको मदतमा एपीएफले बागमतीलाई दियो २७२ रनको लक्ष्य

  •  नेपाल चौतारी
  • २०८२ चैत्र ८, आईतवार १४:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । आसिफ शेखको शतक प्रेरित विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेशसामु २७२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    आइतबार (चैत ८) काठमाडौँको मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको एपीएफले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २७१ रन बनाएको हो ।

    एपीएफका निम्ति ओपनर आसिफले ११४ को रनको शतकीय इनिङ खेले । १०५ बल खेलेका उनले १४ चौका र तीन छक्का प्रहार गरे । आसिफले तेस्रो विकेटका निम्ति सन्दीप जोरासँग १०३ रनको शतकीय इनिङ खेले ।

    चौथो नम्बरमा ब्याटिङ गर्न आएका सन्दीपले ५२ रन बनाए । सन्दीपले ५३ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । युवराज खत्रीले २६, लोकेश बमले २९ र सुमित महर्जनले १८ रन जोडे ।

    वाग्मतीका रिजन ढकालले चार विकेट लिए । इशान पाण्डेले दुई विकेट लिए । सोनु देवकोटा र सन्दीप लामिछानेले समान एक विकेट लिए । खेलमा दुवै टोली विजयी सुरुआतको खोजीमा छन् ।

    नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा शुक्रबार (चैत ७) देखि सुरु प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपीएफ गरी तीन विभागीय र सात प्रदेशका एक-एकसहित कुल १० टोलीको सहभागिता छ ।

    प्रतियोगितामा लिग चरणपछि उपाधिका निम्ति दुई शीर्ष टोलीबीच प्रतिस्पर्धा हुने क्यानले जनाएको छ ।

    Post Views: 60
    प्रकाशित मिति: २०८२ चैत्र ८, आईतवार १४:०५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो
    राष्ट्रपतिले चैत २७ गते दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने
    अब प्रहरी कार्यालय धाउन नपर्ने, उजुरीको प्रगति फोन र एसएमएसमार्फत जानकारी
    Advertisement
    ताजा अपडेट
    • १. पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो

    • २. राष्ट्रपतिले चैत २७ गते दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने

    • ३. अब प्रहरी कार्यालय धाउन नपर्ने, उजुरीको प्रगति फोन र एसएमएसमार्फत जानकारी

    • ४. ‘मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन सरकार उत्सुक’ : प्रधानमन्त्री शाह

    • ५. आज देशलाई सबैभन्दा बढी आवश्यक छ—सम्झौता र मेलमिलाप

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ३. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    • ४. नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नेपालको उमेदवारी

    • ५. लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.