• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

पीएम कप क्रिकेटमा सुदूरपश्चिमको विजयी सुरुवात,कर्णाली ४ विकेट पराजित

  •  नेपाल चौतारी
  • २०८२ चैत्र ९, सोमबार १५:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद सुरुवात गरेको छ। वीरगन्जस्थित नारायणी रंगशालामा सोमबार कर्णाली प्रदेशविरुद्ध पहिलो खेल खेल्दै सुदूरपश्चिमले चार विकेटको सहज जित निकालेको हो।

    सुदूरपश्चिमको जितमा तीव्र गतिका बलर हेमन्त धामी नायक साबित भए। धामी एक्लैले ६ विकेट लिँदै सुदूरपश्चिमको जितलाई सहज बनाए। धामीको घातक बलिङसामू ११९ रनमा समेटिएको कर्णालीविरुद्ध चार विकेटको जित हात पार्दै सुदूरपश्चिमले दुई अंक बटुल्न सफल भयो।

    कर्णालीले दिएको १२० रनको लक्ष्य सुदूरपश्चिमले २९.२ ओभरमा पूरा गरेको थियो। कर्णालीविरुद्ध खराब सुरुवात गरे पनि किरण ठगुन्नाले २६ र खडक बोहराले २३ बनाउँदै सुदूरपश्चिमलाई जित नजिक पुर्‍याएका थिए। सुदूरपश्चिमका मिलन बोहराले अविजित १८ र शेर मल्लले अविजित १० रन बनाउँदै जित दिलाए।

    कर्णालीका बलर अनुज चनरा र दिवन पुनले २-२ विकेट लिए भने प्रकाश जैसी र दीपेन्द्र रावत १–१ विकेट हात पारे। यसअघि टस हारेर सुरुवाती ब्याटिङ गरेको कर्णालीले ३२ ओभरमा आफ्नो सम्पूर्ण विकेट गुमाउँदै ११९ रन मात्र बनाएको थियो। कर्णालीलाई सामान्य रनमै रोक्ने क्रममा धामीले ६ विकेट लिँदा कप्तान शेर मल्ल, नारायण जोशी, अशोक धामी र मिलन बोहराले १-१ विकेट लिए।

    कर्णालीका विपिन रावलले ३३ र सुनिल धमलाले २३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। पहिलो ओभरको तेस्रो बलमै ओपनर रवीन्द्र शाहीलाई गुमाएको कर्णालीका लागि विपिन र सुनिलले राम्रो प्रदर्शन गरे पनि अन्य खेलाडी चल्न नसक्दा ठुलो योगफल तयार पार्न सकेन।

    सात ओभर बलिङ गर्दै १६ रन खर्चिएर ६ विकेट हात पारेका सुदूरपश्चिमका धामी प्लेयर अफ दि म्याच घोषित भए। जितसँगै सुदूरपश्चिमले दुई अंक बटुलेको छ दोस्रो खेल खेलेको कर्णालीले एक अंकमा रोकिएको छ। यसअघि शनिवार लुम्बिनीविरुद्धको खेल वर्षाका कारण रोकिएपछि कर्णालीले १-१ अंक बाँडेको थियो।

    Post Views: 84
    प्रकाशित मिति: २०८२ चैत्र ९, सोमबार १५:४६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो
    राष्ट्रपतिले चैत २७ गते दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने
    अब प्रहरी कार्यालय धाउन नपर्ने, उजुरीको प्रगति फोन र एसएमएसमार्फत जानकारी
    Advertisement
    ताजा अपडेट
    • १. पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो

    • २. राष्ट्रपतिले चैत २७ गते दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने

    • ३. अब प्रहरी कार्यालय धाउन नपर्ने, उजुरीको प्रगति फोन र एसएमएसमार्फत जानकारी

    • ४. ‘मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन सरकार उत्सुक’ : प्रधानमन्त्री शाह

    • ५. आज देशलाई सबैभन्दा बढी आवश्यक छ—सम्झौता र मेलमिलाप

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ३. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    • ४. नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नेपालको उमेदवारी

    • ५. लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.