• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

ट्रम्पको चीन भ्रमण: सीसँगको भेट ‘महत्वपूर्ण र ऐतिहासिक’ हुने विश्वास

  •  नेपाल चौतारी
  • २०८२ चैत्र १२, बिहीबार ०९:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणको मिति निश्चित भएको छ । ट्रम्पले आगामी मे १४ र १५ तारिख अर्थात २०८३ साल वैशाख ३१ र जेठ १ गते चीन भ्रमण गर्ने निश्चित भएको हो ।

    भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ समकक्षी सि जिनपिङबीच भेटवार्ता हुनेछ । लामो समयदेखि बहुप्रतीक्षित यो भेटवार्ता आगामी मे १४ र १५ तारिखमा बेइजिङमा हुने तय भएको ह्वाइट हाउसले बुधबार जानकारी दिएको रोयटर्सले जनाएको छ ।

    यसअघि मार्च अन्त्य वा अप्रिलको सुरुतिर हुने अपेक्षा गरिएको चीन भ्रमण करिब ६ हप्ता पछि सारिएको हो ।

    ट्रम्पले मार्चको मध्यतिर इरानसँगको युद्धका कारण उक्त भेटवार्ता एक महिनाजति पछि सार्न आग्रह गरेको बताएका थिए ।

    बुधबारको पत्रकार सम्मेलनपछि सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा ट्रम्पले अमेरिकी प्रतिनिधिमण्डलले ‘ऐतिहासिक’ भ्रमणका लागि अन्तिम तयारी गरिरहेको जानकारी दिएका थिए । उनले राष्ट्रपति सीसँगको भेट ‘महत्वपूर्ण र ऐतिहासिक’ हुने विश्वास व्यक्त गरेका छन् ।

    ट्रम्प प्रशासनका अनुसार फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरान विरुद्ध आक्रमण सुरु गरेपछि सुरु भएको युद्ध अझै केही हप्ता जारी रहने सम्भावना छ ।

    यसबारे सोधिएको प्रश्नमा ह्वाइटहाउसका प्रेस सचिव क्यारोलिन लेभिटले इरानसँगको युद्ध चारदेखि छ हप्तासम्म रहने अनुमान गरेको र ट्रम्पको चीन भ्रमण तालिका पनि त्यसैअनुसार मिलाइएको बताएकी छन् ।

    Post Views: 69
    प्रकाशित मिति: २०८२ चैत्र १२, बिहीबार ०९:०३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सातै प्रदेशमा वर्षा, बिहीबारसम्म प्रभाव रहने
    नेपालको आर्थिक वृद्धि दर २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकको अनुमान
    पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो
    Advertisement
    ताजा अपडेट
    • १. सातै प्रदेशमा वर्षा, बिहीबारसम्म प्रभाव रहने

    • २. नेपालको आर्थिक वृद्धि दर २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकको अनुमान

    • ३. सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो

    • ४. पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो

    • ५. राष्ट्रपतिले चैत २७ गते दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ३. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    • ४. नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नेपालको उमेदवारी

    • ५. इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो, ध्वस्त भयो : अमेरिकी राष्ट्रपति ट्रम्प

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.