राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहआज प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार शाहको नेतृत्वमा रास्वपाको एकल सरकार गठन हुन लागेको हो ।
पार्टीको बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकको निर्णय पछि शाहलाई प्रधानमन्त्री बन्ने औपचारीक बाटो खुलेको हो ।
प्रधानमन्त्रीमा चयन हुन लागेका नेता शाहले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवासमा पद तथा गोपनियताको सपथ लिनेछन् । आजै मन्त्रीपरिषदका अन्य सदस्यहरुको पनि सपथको तयारी रास्वपाले गरेको छ । यद्यपी को को मन्त्री बन्नेछन् भन्नेबारे सार्वजनिक गरिएको छैन ।
प्रधानमन्त्रीको सपथका लागि राष्ट्रपतिको कार्यालय तथा अन्य सरकारी संयन्त्रले आवश्यक तयारी पुरा गरेका छन् । शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, यहाँस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ ।
शाहले आज अपरान्ह १२ वजेर ३४ मिनेटमा शपथ लिनेछन् । शाहले ज्योतिषको सल्लाह बमोजिम उक्त समयमा शपथ लिन लागेका हुुन् । शाहको शपथ अघि १ सय ८ वटुकबाट स्वस्तिक बाचन गरिनेछ भने १०८ बौद्ध लामा गुरुहरूबाट मंगल बाचन गरिने छ । साथै ७ जना ब्राहमणबाट शंखनाद गर्ने कार्यक्रम रहेको छ । सपथ लिएलगत्तै सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय पुगेर शाहले पदभार ग्रहण गर्ने बताईएको छ ।
शाहलाई गत फागुन २१ को निर्वाचन अघि नै रास्वपाले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो । झापा क्षेत्र नं ५ बाट पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलाीलाई करीब ५० हजार मतान्तरले पराजित गरेका थिए ।
शाहले झापा क्षेत्र नं ५ बाट ६८ हजार ३४८ मत प्राप्त गरी विजयी भएका थिए ।






