• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

  •  नेपाल चौतारी
  • २०८२ चैत्र १५, आईतवार ०८:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    तेह्रथुम । जिल्लाको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

    लोपोन्मुख सांस्कृतिक वस्तुहरूको संरक्षणका लागि सङ्ग्रहालय निर्माण गर्न लागिएको हो । फेदाप गाउँपालिकाको सेवा केन्द्र पोक्लाबाङ बजारदेखि करिब दुई किलोमिटर उत्तरमा सांस्कृतिक सङ्ग्रहालय निर्माण भइरहेको छ । झिङ्गटीको छानो लगाइएको छधुरे परम्परागत शैलीको सङ्ग्रहालय भवनको निर्माण गरिएको हो ।

    पोक्लाबाङलाई माङ्गेन्ना यक मान्नेहरूको साझा संस्था पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ नामक संस्थाको अगुवाइमा सङ्ग्रहालय निर्माण भइरहेको हो ।

    पोक्लाबाङलाई माङ्गेन्ना यक मान्ने याक्थुङ (लिम्बू)हरूसँग सम्बन्धित पुराना सांस्कृतिक सामग्री, ऐतिहासिक कागजात, तत्कालीन गोर्खा–लिम्बूवान युद्धकालीन हातहतियारलगायत सामग्री संकलन गरी सङ्ग्रहित गर्नेगरी सङ्ग्रहालय निर्माण भइरहेको संस्थाका सल्लाहकार समिति सदस्य विजय निङलेकुले बताए।

    पोक्लाबाङ फेदाप क्षेत्रका १९ थरि याक्थुङ ९लिम्बू०हरूले माङ्गेन्ना यकका रूपमा मान्दै आएको किरात याक्थुङ चुम्लुङ तेह्रथुमका अध्यक्ष लोकबहादुर सिङ्गकले बताए । याक्थुङ (लिम्बू) जातिअन्तर्गत प्रत्येक थरि र थर समूहको आआफ्नो माङ्गेन्ना यक हुन्छ । आफ्नो पुर्खा पहिलोपल्ट देखापरी घरघडेरी बनाएको, भष्मे फाँडेर आवाद गरेको स्थानलाई उनीहरू माङ्गेन्ना यकका रूपमा पुज्ने र पुकार्ने गर्दछन् ।

    सहरी विकास मन्त्रालयको भ्याटसहित रु दुई करोड ७३ लाख बजेटमा मारुती विल्डर्स निर्माण कम्पनीले २०८१ साल असारदेखि सङ्ग्रहालय निर्माणको काम सुरु गरेको थियो । बहुवर्षीय योजनाअन्तर्गत निर्माण भइरहेको सङ्ग्रहालय भवन चालु आर्थिक वर्षको अन्त्यसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण कम्पनीका सबइन्जिनियर सुवास मगरले बताए।

    स्थानीय दुई व्यक्तिले नि:शुल्क दान गरेको दुई रोपनी क्षेत्रफलमा निर्माणाधीन सङ्ग्रहालय निर्माण सम्पन्नपश्चात पोक्लाबाङ यक सांस्कृतिक पर्यटकीयस्थलसँगै संस्कृति र इतिहास अध्ययनको केन्द्रका रूपमा विकास हुने विश्वास लिइएको पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ संस्थाका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङले बताए ।

    Post Views: 53
    प्रकाशित मिति: २०८२ चैत्र १५, आईतवार ०८:३१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सात हजारभन्दा बढी ‘अनलाइन’ सट्टेबाजी ‘एप’ र ‘वेबसाइट’ बन्द
    सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित भएको घोषणा,आजै सपथको तयारी
    डीपी अर्याल सभामुखमा प्रस्तावित, रविले दिए सबै दललाई धन्यवाद
    Advertisement
    ताजा अपडेट
    • १. सात हजारभन्दा बढी ‘अनलाइन’ सट्टेबाजी ‘एप’ र ‘वेबसाइट’ बन्द

    • २. सुनचाँदीको मूल्य स्थिर

    • ३. सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित भएको घोषणा,आजै सपथको तयारी

    • ४. डीपी अर्याल सभामुखमा प्रस्तावित, रविले दिए सबै दललाई धन्यवाद

    • ५. गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित

    चर्चित
    • १. सरकारले २४ घण्टाभित्र सट्टेबाजी एप र वेबसाइट बन्द गर्ने सरकारको निर्णय

    • २. सामाजिक सुरक्षा भत्ता उमेर ७५ वर्ष पुर्‍याउने प्रस्ताव

    • ३. पार्टीको विषेश महाधिवेशन र विषेश महाधिवेशनलाई आधिकारिकता दिने आयोगको निर्णय बद्नियतपूर्ण : गुरु बराल

    • ४. गगन थापासहित काँग्रेसका पदाधिकारीहरू आन्तरिक छलफलमा

    • ५. सेतो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न, परम्परागत परिक्रमा पूरा

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.