• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

सरकारकाे निर्देशनपछि बन्द भए बेटिङ एप र वेबसाइट

  •  नेपाल चौतारी
  • २०८२ चैत्र १५, आईतवार २१:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ -सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘अनलाइन’ सट्टेबाजी एप (बेटिङ एप) र त्यससम्बन्धी ‘वेबसाइट’ बन्द गराएको छ ।

    मन्त्रालयले बेटिङ एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्न नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेपछि प्राधिकरणले इन्टरनेट सेवाप्रदायकसँगको समन्वयमा हाल पहिचान भएका सबै सट्टेबाजी एप र वेबसाइट बन्द गरिएको हो ।

    सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले आइतबार मन्त्रालयका सचिवसहित महाशाखा प्रमुखहरुसँगको बैठकमा बेटिङ एप र त्यससम्बन्धी वेबसाइट बन्द गर्न निर्देशन दिएलगत्तै प्राधिकरणले बेटिङ बन्द गर्ने प्रक्रिया सुरु गरेको थियो । मन्त्रीको निर्देशनलगत्तै मन्त्रालयले बेटिङ बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेपछि इन्टरनेट सेवाप्रदायकसँगको समन्वयमा बेटिङ एप र वेबसाइट बन्द गरिएको हो ।

    मन्त्रिपरिषद्को यही चैत १३ गतेको बैठकले अवैध रूपमा सञ्चालित अनलाइन बेटिङ बन्द गर्ने निर्णय गरेको थियो । त्यसलगत्तै सञ्चारमन्त्री डा तिमिल्सिनाले मन्त्रालय र सम्बद्ध निकायसँग छलफल गरी तत्कालै ‘एक्सन’ लिएका थिए ।

    मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमध्ये बुँदा नं ४२ मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सट्टेबाजी एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने उल्लेख छ । सोही बमोजिम मन्त्रालयले आजको मन्त्रिस्तरको निर्णयअनुसार प्राधिकरणलाई इन्टरनेटसेवा प्रदायकसँगको समन्वयमा कुनै पनि विद्युतीय माध्यमबाट हुने सट्टेबाजीलगायतका एप तथा वेबसाइट तत्काल बन्द गर्न निर्देशन दिएको थियो । सोही निर्देशनबमोजिम सबै सट्टेबाजी एप र साइट बन्द गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    कानुनी व्यवस्थाका विपरीत हुनेगरी नेपालभर सट्टेबाजी एप र त्यससम्बन्धी वेबसाइट सञ्चालन तथा प्रयोग नगर्न÷नगराउन मन्त्रालयले अनुरोध गरेको छ । साथै, कसैले अनधिकृत रुपमा सट्टेबासी एप र वेबसाइट प्रयोग गरेमा वा सञ्चालन गरेमा प्रचलित कानुनबमोजिम साधिकार निकायबाट कडा कारबाही हुने स्पष्ट पारेको छ ।

    यस सम्बन्धमा मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को उपदफा (४) बमोजिम कसैले सट्टाबाजी गर्नु वा गराउनु हुँदैन भन्ने प्रावधान रहेको र सो उलङ्घन गरेमा सोही दफाको उपदफा (६) बमोजिम कसुरमा प्रयोग भएको बिगो जफत गरी कसुर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र रु १० हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

    त्यसैगरी, विज्ञापन (नियमन गर्ने) ऐन, २०६६ को दफा ५ को उपदफा १ को (ख) मा समेत जुवा खेल्न खेलाउन वा प्रचलित कानुनबमोजिम अनुमति नलिएको चिट्ठा किन्न तथा किनाउन प्रोत्साहन गर्ने विषयमा विज्ञापन गर्न नहुने व्यवस्था रहेको र सो विपरीत कसैले कसुर गरेमा कसुर गर्ने र गराउनेलाई त्यसबापत प्रचलित कानुनले कुनै सजाय हुने रहेछ भने सो बमोजिम सजाय गर्ने र सो नभएमा एक वर्षसम्म कैद र रु १० हजार जरिमाना हुने व्यवस्था रहेको छ । उल्लिखित कानुनी व्यवस्था विपरीत सट्टेबाजी एप र वेबसाइट सञ्चालन वा प्रयोग गरेको थाहा पाएमा प्राधिकरणको सम्पर्क व्यक्तिलाई फोन नं वा इमेलमामार्फत जानकारी गराई दिन अनुरोध गरिएको छ ।

    Post Views: 21
    प्रकाशित मिति: २०८२ चैत्र १५, आईतवार २१:५२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सात हजारभन्दा बढी ‘अनलाइन’ सट्टेबाजी ‘एप’ र ‘वेबसाइट’ बन्द
    सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित भएको घोषणा,आजै सपथको तयारी
    डीपी अर्याल सभामुखमा प्रस्तावित, रविले दिए सबै दललाई धन्यवाद
    Advertisement
    ताजा अपडेट
    • १. सात हजारभन्दा बढी ‘अनलाइन’ सट्टेबाजी ‘एप’ र ‘वेबसाइट’ बन्द

    • २. सुनचाँदीको मूल्य स्थिर

    • ३. सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित भएको घोषणा,आजै सपथको तयारी

    • ४. डीपी अर्याल सभामुखमा प्रस्तावित, रविले दिए सबै दललाई धन्यवाद

    • ५. गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित

    चर्चित
    • १. सरकारले २४ घण्टाभित्र सट्टेबाजी एप र वेबसाइट बन्द गर्ने सरकारको निर्णय

    • २. सामाजिक सुरक्षा भत्ता उमेर ७५ वर्ष पुर्‍याउने प्रस्ताव

    • ३. पार्टीको विषेश महाधिवेशन र विषेश महाधिवेशनलाई आधिकारिकता दिने आयोगको निर्णय बद्नियतपूर्ण : गुरु बराल

    • ४. गगन थापासहित काँग्रेसका पदाधिकारीहरू आन्तरिक छलफलमा

    • ५. सेतो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न, परम्परागत परिक्रमा पूरा

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.