• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

पार्टीको विषेश महाधिवेशन र विषेश महाधिवेशनलाई आधिकारिकता दिने आयोगको निर्णय बद्नियतपूर्ण : गुरु बराल

  •  नेपाल चौतारी
  • २०८२ चैत्र १७, मंगलवार १४:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य गुरु बरालले पार्टीको विषेश महाधिवेशन र विषेश महाधिवेशनलाई आधिकारिकता दिने आयोगको निर्णय बद्नियतपूर्ण भएको बताएका छन् । घुम्वराहीस्थित स्मार्ट होटलमा जारी नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठकस्थलमा संचारकर्मीसंग कुरा गर्दै उनले निर्वाचन आयोगले बद्नियतपूर्ण ढङ्गले पार्टीको आधिकारिकता गगन थापा नेतृत्वको कार्यसमितिलाई दिएको बताए ।

    उनले पार्टीमा व्यक्ती भन्दा सिद्धान्त महत्त्वपूर्ण हुने बताए। उनले भने,‘कुनै व्यक्तिको कुरा होइन। अहिले शेरबहादुर हुनुहुन्छ, भोलि अर्को बहादुर आउनु त्यो महत्त्वपूर्ण कुरा होइन, पार्टीको सिद्धान्त महत्त्वपूर्ण कुरा हो। अर्धन्यायिक निकायले निर्वाचन आयोगले बद्नियतपूर्ण तरिकाले निर्णय गर्‍यो। त्यो निर्णयमाथि हामी चित्त बुझेन अदालत गयौँ।’

    उनले अदालतमा मुद्दा भएपनि केही नेताहरू चुनाव लडेको र आफूले पनि भोट मागेको बताए। उनले थपे, ‘विशेष अधिवेशन गलत थियो, नाम मात्रैको थियो । गलत नियतका साथ राखिएको थियो । त्यो र निर्वाचन आयोगले पनि बदनियतका साथ निर्णय गरेको थियो । सर्वोच्च अदालत, फेरि नबिर्सनुस् सर्वोच्च अदालतले गरेको सबै निर्णय हामीलाई स्वीकार्य र शिरोधार्य छन् । सर्वोच्च अदालतको निर्णय पर्खौँ । ’ उनले अब १५ औँ महाधिवेशनको तयारीमा जुट्नुपर्ने बताए।

    Post Views: 86
    प्रकाशित मिति: २०८२ चैत्र १७, मंगलवार १४:१५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शैक्षिक सत्र सुरू हुनुअघि भर्ना नलिन र चर्को शुल्क नअसुल्न मन्त्रालयको निर्देशन
    ओली र लेखकसम्बन्धी बन्दी प्रत्यक्षीकरण रिट ‘हेर्दाहेर्दै’ मा, सरकारी पक्षको बहस बाँकी
    पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने
    Advertisement
    ताजा अपडेट
    • १. रेखा शर्मालाई थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश

    • २. शैक्षिक सत्र सुरू हुनुअघि भर्ना नलिन र चर्को शुल्क नअसुल्न मन्त्रालयको निर्देशन

    • ३. बलेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

    • ४. ओली र लेखकसम्बन्धी बन्दी प्रत्यक्षीकरण रिट ‘हेर्दाहेर्दै’ मा, सरकारी पक्षको बहस बाँकी

    • ५. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    चर्चित
    • १. सरकारले २४ घण्टाभित्र सट्टेबाजी एप र वेबसाइट बन्द गर्ने सरकारको निर्णय

    • २. पार्टीको विषेश महाधिवेशन र विषेश महाधिवेशनलाई आधिकारिकता दिने आयोगको निर्णय बद्नियतपूर्ण : गुरु बराल

    • ३. गगन थापासहित काँग्रेसका पदाधिकारीहरू आन्तरिक छलफलमा

    • ४. सेतो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न, परम्परागत परिक्रमा पूरा

    • ५. इरानको खार्ग टापु सजिलै कब्जा गर्न सकिन्छ : डोनाल्ड ट्रम्प

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.