• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

संसदको पहिलो बैठकमा यी नेताहरूले गर्दैछन् सम्बोधन

  •  नेपाल चौतारी
  • २०८२ चैत्र १९, बिहीबार १४:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको चालु अधिवेशनको पहिलो बैठक आज बिहीबार दिउँसो २ बजे बस्ने भएको छ। बैठक सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद भवनको बहुउद्देश्यीय हलमा आयोजना गरिनेछ।

    बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ वटा राष्ट्रिय दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची तय गरिएको संघीय संसद सचिवालयले जनाएको छ। सम्बोधन गर्ने नेताहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली काँग्रेसका सांसद भीष्मराज आङ्देम्बे, नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा, नेकपाका नेता वर्षमान पुन, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाही रहेका छन्।

    यसैगरी, स्वतन्त्र सांसद महावीर पुनले पनि बैठकमा सम्बोधन गर्नेछन्। सचिवालयका अनुसार सबै दललाई दलगत आधारमा बोल्ने समय निर्धारण गरिएको छ। रास्वपालाई २५ मिनेट, काँग्रेसलाई १० मिनेट, एमालेलाई ८ मिनेट, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपालाई ७–७ मिनेट तथा स्वतन्त्र सांसद पुनलाई ५ मिनेटको समय छुट्याइएको छ।

    बैठकको सम्भावित कार्यसूचीमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन, तीनवटा अध्यादेश पेश, सभामुख चयनका लागि निर्वाचन कार्यतालिका प्रस्तुति, संसद नियमावली २०७९ पेश तथा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम समावेश छन्।

    Post Views: 49
    प्रकाशित मिति: २०८२ चैत्र १९, बिहीबार १४:१४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राष्ट्रपतिले चैत २७ गते दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने
    उपसभामुखको निर्वाचन चैत २७ गते हुने
    सरकारले बढायो गाडी भाडा
    Advertisement
    ताजा अपडेट
    • १. पाटनमा दुई युवकमाथि छुरा प्रहार

    • २. सातै प्रदेशमा वर्षा, बिहीबारसम्म प्रभाव रहने

    • ३. नेपालको आर्थिक वृद्धि दर २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकको अनुमान

    • ४. सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो

    • ५. पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ३. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    • ४. इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो, ध्वस्त भयो : अमेरिकी राष्ट्रपति ट्रम्प

    • ५. नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नेपालको उमेदवारी

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.