• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

इरानले खसालेको अमेरिकी युद्धक विमानका एक चालकको उद्धार

  •  नेपाल चौतारी
  • २०८२ चैत्र २१, शनिबार ११:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    वासिङ्टन – इरानी आकाशबाट एक अमेरिकी युद्धक विमान खसेको र अमेरिकी सेनाले चालक दलका सदस्यमध्ये एकलाई उद्धार गरेको छ ।

    इरानी सञ्चारमाध्यमले विमानको भग्नावशेषको फुटेज प्रसारण गरेपछि प्रमुख अमेरिकी सञ्चारमाध्यमहरूले पनि शुक्रबार इरानी आकाशबाट एक अमेरिकी युद्धक विमान खसेको पुष्टि गरेका छन् ।

    एक्सिओस र सीबीएस न्यूजले अज्ञात स्रोतलाई उद्धृत गर्दै विमानमा रहेका दुई चालक दलमध्ये एकलाई अमेरिकी विशेष बलले उद्धार गरिसकेको तर चालक दलका दोस्रो सदस्यको खोजी कार्य जारी रहेको जनाएको छ ।

    द न्यूयोर्क टाइम्स र वाल स्ट्रिट जर्नलका अनुसार उक्त एफ–१५–इ लडाकु विमानमा चालक र अमेरिकी रक्षा प्रणालीका एक अधिकृत सवार थिए ।

    सीएनएनले इरानी मिडियाले देखाएको भग्नावशेषमा एफ–३५ स्टील्थ लडाकुको सट्टा एफ–१५ देखिएको छ ।

    अमेरिकी सञ्चारमाध्यमले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घटनाबारे जानकारी गराइएको जनाएका छन् तर प्रतिक्रियाको लागि एएफपीले गरेको सम्पर्कमा ह्वाइट हाउस वा पेन्टागनबाट तत्काल कुनै प्रतिक्रिया जनाइएको छैन।

    अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्पले युद्धको आदेश दिएयता इरानभित्र पहिलो विमान गुमाएपछि विशेष अमेरिकी सेनाले खोज तथा उद्धार अभियान जारी राखेको छ।

    सामाजिक सञ्जाल र इरानी सञ्चारमाध्यमहरूमा प्रसारित तस्बिर र भिडियोहरूलाई उद्धृत गर्दै प्रमुख अमेरिकी सञ्चारमाध्यमले अमेरिकी हेलिकप्टर र अन्य विमानहरू खसालिएको अनुमान गरिएको लडाकू विमानको भन्दा कम उचाइबाट उडिरहेको बताएका छन्।

    Post Views: 52
    प्रकाशित मिति: २०८२ चैत्र २१, शनिबार ११:०३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राष्ट्रपतिले चैत २७ गते दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने
    अब प्रहरी कार्यालय धाउन नपर्ने, उजुरीको प्रगति फोन र एसएमएसमार्फत जानकारी
    ‘मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन सरकार उत्सुक’ : प्रधानमन्त्री शाह
    Advertisement
    ताजा अपडेट
    • १. राष्ट्रपतिले चैत २७ गते दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने

    • २. अब प्रहरी कार्यालय धाउन नपर्ने, उजुरीको प्रगति फोन र एसएमएसमार्फत जानकारी

    • ३. ‘मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन सरकार उत्सुक’ : प्रधानमन्त्री शाह

    • ४. आज देशलाई सबैभन्दा बढी आवश्यक छ—सम्झौता र मेलमिलाप

    • ५. उपसभामुखको निर्वाचन चैत २७ गते हुने

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ३. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    • ४. नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नेपालको उमेदवारी

    • ५. इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो, ध्वस्त भयो : अमेरिकी राष्ट्रपति ट्रम्प

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.