• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी, कानूनी उपचारमा जाने

  •  नेपाल चौतारी
  • २०८२ चैत्र २३, सोमबार १०:३२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ पोखराको फेवाताल जग्गा प्रकरणमा मुछिएपछि उनको सचिवालयले स्पष्टिकरण दिँदै उनी आफैँ ठगिएको दावी गरेको छ ।

    गृहमन्त्री गुरुङले सर्वोच्च अदालतको आदेशबमोजिम फेवातालको जग्गा मिचेर बनाइएको संरचना हटाउन पोखरा महानगरसँग मिलेर अभियान चलाइरहेका बेला उनले लिजमा लिएको जग्गासमेत अतिक्रमणभित्रकै रहेको पाइएको सचिवालयको प्रष्टिकरणमा छ ।

    जग्गा लिजमा लिँदा जग्गा धनीले अतिक्रमित जग्गा भन्ने तथ्य लुकाई झुक्याइ लिजमा दिएर ठगेको भन्दै मन्त्री गुरुङसहित तीन जना साझेदार कानूनी उपचारमा जाने भएका छन् । जग्गाधनीले भने अहिलेसम्म सुधनले भाडा नतिरेको भन्दै सार्वजनिकरुपमै भाडा तिर्न आग्रह गरेका छन् ।

    सचिवालयका अनुसार पोखराको फेवाताल किनारमा साहसिक पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यका साथ करिब ८–१० वर्ष अगाडि मन्त्री गुरुङसहित तीन जना युवा उद्यमी मिलेर ‘एड्भेन्चर स्पोर्ट्स् नेपाल’ सञ्चालन गर्ने योजना अघि बढाएका थिए ।

    गुरुङको भनाइ उदृत गर्दै उनको सचिवालयले भनेको छ, ‘देशमै केही गरौँ भन्ने हुटहुटी र ऊर्जा बोकेका हामीले ठूलो लगानी र सपनाका साथ काम सुरु गरेका थियौँ । जग्गा भाडामा लिनुपूर्व हामीलाई जग्गाधनीहरूले जग्गा ६५ मिटरको मापदण्डभित्र पर्दैन भनी विश्वास दिलाएका थिए । लालपूर्जामा समेत जग्गा सुरक्षित रहेको देखाएका थिए, तर पछि नगरपालिकाबाट बुझ्दा त्यो त मापदण्डभित्र पर्दो रहेछ ।’

    आफूहरुलाई झुक्याएको थाहा पाएपछि तत्कालै काम रोकेको पनि गुरुङले बताएका छन् ।

    गुरुङले भने, ‘हामीलाई झुक्याएर, ठगेर जग्गा भाडामा दिइएको यो तथ्य थाहा पाउने बित्तिकै मैले नैतिकताका आधारमा तत्कालै सम्पूर्ण निर्माण कार्य र लगानी रोकिदिएको थिएँ । एउटा युवा उद्यमीका रूपमा हाम्रो सपना र लगानीमाथि जुन खेलबाड भयो, त्यो स्वीकार्य छैन ।’

    मन्त्री गुरुङले यो प्रकरणमा कानूनी उपचार खोज्ने तयारी गरेका छन् ।

    Post Views: 74
    प्रकाशित मिति: २०८२ चैत्र २३, सोमबार १०:३२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि रात्रिकालीन बससेवा सञ्चालन
    एक दशकमा ३० हजार मेगावाट विद्युत् जडित क्षमता पुर्‍याउने लक्ष्य
    सरकारले सार्वजनिक गर्‍यो राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्ण पाठ)
    Advertisement
    ताजा अपडेट
    • १. आजदेखि रात्रिकालीन बससेवा सञ्चालन

    • २. कांग्रेसमा कारबाहीको तयारी : गगनको संकेत, पूर्णबहादुरको प्रतिवाद

    • ३. एक दशकमा ३० हजार मेगावाट विद्युत् जडित क्षमता पुर्‍याउने लक्ष्य

    • ४. सरकारले सार्वजनिक गर्‍यो राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्ण पाठ)

    • ५. वैशाख २९ गतेभित्र एसइई नतिजा प्रकाशन गर्ने बोर्डको तयारी, तीन दर्जन कर्मचारी परिचालन

    चर्चित
    • १. सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो

    • २. प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कुन मन्त्रीको सम्पत्ति कति ?

    • ३. निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य, कार्यान्वयन नगरे कारबाही गर्न मन्त्रालयको निर्देशन

    • ४. संसदिय दलकाे नेता कि वरिष्ठ वा सबैभन्दा युवालाई छानौ – अर्जुननरसिंह केसी

    • ५. संविधान संशोधन कार्यदलको पहिलो बैठक बस्दै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.