• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

रास्वपाले पाएको झण्डै दुईतिहाइ मत एआई र अल्गोरिदमको खेल होइन : निशा डाँगी

  •  नेपाल चौतारी
  • २०८२ चैत्र २३, सोमबार १५:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं  -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले प्रतिनिधिसभामा रास्वपाले पाएको सिट जनअसन्तोष र परिवर्तनप्रतिको तीव्र चाहनाको अभिव्यक्ति भएको बताएकी छन् । सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले रास्वपाले पाएको सिट एआई र अल्गोरिदमको खेल नभएको बताइन् ।

    ‘आजको यो सदन केवल अंकगणितीय बहुमतको परिणाम होइन, यो जनचेतनाको पुनर्जागरणबाट जन्मिएको सदन हो । राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको झण्डै दुईतिहाइ बहुमत आकस्मिक घटना वा एआई र अल्गोरिदमको खेल होइन, बरु लामो समयदेखि संचित जनअसन्तोष र परिवर्तनप्रतिको तीव्र चाहनाको अभिव्यक्ति हो भन्ने कुरा म यस सदनमा राख्न चाहन्छु, त्यसैले पनि हामीले यसपटक जनताको मतको पूर्ण सम्मान गर्दै अगाडि बढ्नु पर्नेछ,’ उनले बैठकमा भनिन् ।

    उनले राष्ट्रहितमा राजनीतिक दलहरूबीच सहकार्य अनिवार्य रहेको बताइन् । उनले राजनीति आरोप–प्रत्यारोपका लागि नभई परिवर्तनका लागि गर्नुपर्ने बताइन् । ‘राष्ट्रहितमा सहकार्य अनिवार्य छ,’ डाँगीले भनिन्, ‘राजनीति आरोप–प्रत्यारोपको मात्रै होइन, परिवर्तनका लागि गर्नुपर्ने बेला आएको छ ।’

    आफूहरू सदन र सरकारमा शासन होइन, सेवा गर्न आएको उनको भनाइ थियो । सरकार र सदनले यही भावनाले निर्णय गर्नुपर्ने डाँगीले बताइन् ।

    Post Views: 67
    प्रकाशित मिति: २०८२ चैत्र २३, सोमबार १५:२१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज देशलाई सबैभन्दा बढी आवश्यक छ—सम्झौता र मेलमिलाप
    उपसभामुखको निर्वाचन चैत २७ गते हुने
    निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारवाही हुने निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारवाही हुने
    Advertisement
    ताजा अपडेट
    • १. आज देशलाई सबैभन्दा बढी आवश्यक छ—सम्झौता र मेलमिलाप

    • २. उपसभामुखको निर्वाचन चैत २७ गते हुने

    • ३. निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारवाही हुने

    • ४. पश्चिम नेपालबाट वर्षा सुरु

    • ५. सरकारले बढायो गाडी भाडा

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ३. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    • ४. नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नेपालको उमेदवारी

    • ५. इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो, ध्वस्त भयो : अमेरिकी राष्ट्रपति ट्रम्प

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.