• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

आर्थिक कमजोर भएका बालबालिकाको लागि छात्राबास भवन बन्दै

  •  नेपाल चौतारी
  • २०८२ चैत्र २४, मंगलवार ०८:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मुस्ताङ । यहाँस्थित बारागुङ मुक्तिक्षेत्र–३ छुसाङस्थित प्रस्तावित जननर्मल माध्यमिक विद्यालयको छात्राबास भवन निर्माणाधीन अवस्थामा छ ।

    गण्डकी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको अनुदान सहयोगमा आर्थिक अवस्था कमजोर भएका बालबालिका पढ्ने विद्यालयको छात्राबास भवन निर्माण सुरु गरिएको थियो ।

    आर्थिक अवस्था कमजोर भएका तथा कठिन परिस्थितिका बालबालिकाका लागि शैक्षिक पठनपाठन तथा आवासीय सेवा सहज गराउने उद्देश्यले प्रदेश सरकारले बर्सेनि विद्यालयको आवासीय छात्राबास भवन निर्माणमा आवश्यक बजेट विनियोजन गर्दै आइरहेको छ ।

    गण्डकी प्रदेश सरकारले यहाँको जननर्मल माध्यमिक विद्यालयलाई हिमाली तथा दुर्गम क्षेत्र नमुना विद्यालयका रुपमा विसं २०७६ मा सूचीकृत गरेको थियो ।

    नमुना विद्यालयका रुपमा सूचीकृत भएसँगै प्रदेश सरकारले विसं दोस्रो वर्षदेखि विद्यालयको छात्राबास भवन बनाउन योजना अघि बढाएको थियो । कोभिड माहामारीका कारण विद्यालयको छात्राबास भवनको भौतिक निर्माण प्रभावित बनेको थियो ।

    भवन निर्माणका लागि प्रदेश सरकारअन्तर्गत आव २०८०/०८१ देखि क्रमागत रूपमा बजेट विनियोजन भइरहेको एकीकृत सेवा कार्यालय मुस्ताङका प्रमुख निरपति दर्जीले जानकारी दिए ।

    विद्यालयको चारतले भवनको लागत अनुमान आठ करोड रहेको भए पनि प्रदेश सरकारबाट बर्सेनि न्यून बजेट विनियोजन हुँदा भवन निर्माण सम्पन्न हुन ढिलाइ भएको उनको भनाइ छ ।

    हिमाली तथा दुर्गम क्षेत्र नमुना विद्यालयको आवासीय छात्राबास भवन तथा पूर्वाधार निर्माणका लागि चालु आवमा प्रदेश सरकारबाट रु ४५ लाख सात हजार बजेट विनियोजन भएको कार्यालय प्रमुख दर्जीले बताए ।

    छात्राबास तथा पूर्वाधार निर्माणका लागि अघिल्लो दुई आवमा रु एक करोड विनियोजन भएकामा उक्त बजेटबाट छात्राबासको दोस्रो तलाको भौतिक संरचना निर्माण भएको उनले उल्लेख गरे।

    प्रदेश सरकारबाट ‘हाम्रो विद्यालय नमुना विद्यालय’का रूपमा सूचीकृत भई पूर्वाधार निर्माणका योजना अघि बढाइएको भए पनि ठूलो आकारको बजेट विनियोजन हुन नसक्दा छात्राबास भवन निर्माणलाई पूर्णता दिन समस्या भएको विद्यालयका प्रधानाध्यापक श्याम गुरुङले जानकारी दिए ।

    “यहाँ मुस्ताङसहित विभिन्न जिल्लाका १२३ जना विद्यार्थी अध्ययनरत छन् । भवन नहुँदा आवासीय सुविधा उपलब्ध गराउन असहज भइरहेको छ”, प्रधानाध्यापक गुरुङले भने, “ विद्यालयको पुरानै जीर्ण भवनमा छात्रलाई राखेका छौँ भने छात्राका लागि बनिरहेको भुइँतलामा व्यवस्थापन गरेका छौँ ।”

    यहाँको कठिन परिस्थिति भएका तथा आर्थिक अभाव भएका बालबालिका पढ्दै गरेको जननर्मल माध्यामिक विद्यालयका २७ जना विद्यार्थीलाई चालु आर्थिक वर्ष रु १० लाख बजेट आवासीय अनुदान प्राप्त हुने प्राधानाध्यापक गुरुङले बताए । यसैगरी, संघीय सरकारबाट हिमाली आवासीय अनुदानस्वरुप १० महिनाका लागि प्रतिविद्यार्थी मासिक रु पाँच हजार अनुदान सहयोग रहेको उनले जानकारी दिए ।

    Post Views: 55
    प्रकाशित मिति: २०८२ चैत्र २४, मंगलवार ०८:३१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालको आर्थिक वृद्धि दर २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकको अनुमान
    सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो
    पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो
    Advertisement
    ताजा अपडेट
    • १. नेपालको आर्थिक वृद्धि दर २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकको अनुमान

    • २. सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो

    • ३. पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो

    • ४. राष्ट्रपतिले चैत २७ गते दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने

    • ५. अब प्रहरी कार्यालय धाउन नपर्ने, उजुरीको प्रगति फोन र एसएमएसमार्फत जानकारी

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ३. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    • ४. लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

    • ५. नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नेपालको उमेदवारी

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.