• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

गण्डक नहरको सरसफाइ कार्य तीव्र

  •  नेपाल चौतारी
  • २०८२ चैत्र २५, बुधबार ०७:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बीरगन्ज- भारतले यस वर्ष गहुँ सिजनमा गण्डक नहरमा पानी नदिएका कारण नारायणी सिंचाइ व्यवस्थापन कार्यालय, पर्साले नहरको सरसफाइ कार्य तीव्र बनाएको छ। कार्यालयका अनुसार पश्चिमतर्फ ५ किलोमिटर र पूर्वतर्फ साढे ४ किलोमिटर नहरको सरसफाइ सम्पन्न भइसकेको छ।

    नारायणी सिंचाइ व्यवस्थापन कार्यालय बीरगन्जका प्रवक्ता इन्जिनियर सुरेश साहले बताए अनुसार, कतिपय स्थानमा माटोको तह १ मिटरभन्दा बढी जमेको हुँदा ती क्षेत्रमा विशेष ध्यान दिइएको छ। यसरी सरसफाइ गर्दा नहरमा पानीको प्रवाह सहज हुने र पूर्वी भेग रौतहटसम्म पानी नपुग्ने समस्या धेरै हदसम्म समाधान हुने विश्वास व्यक्त गरिएको छ।

    साहका अनुसार, भारतीय पक्षले आफ्नै भू–भागमा पर्ने करिब ९३ किलोमिटर नहर संरचनामा मर्मत र सरसफाइ कार्य तीव्र बनाएको छ। नियमित मर्मत–सफाइका कारण यस वर्ष धान बाली सिजनमा सम्झौताअनुसार ८ सय ५० क्युसेक पानी उपलब्ध गराउने सम्भावना रहेको छ। भारतीय पक्षले चैत मसान्तभित्र मर्मत कार्य सम्पन्न गर्ने जनाएको छ।

    नेपाल–भारतबीचको गण्डक सम्झौताअनुसार, भारतीय पक्षले प्रत्येक वर्ष धान बालीका लागि असार १५ र गहुँ बालीका लागि पुस १५ देखि नहरमा ८ सय ५० क्युसेक पानी उपलब्ध गराउनुपर्दछ। तर अघिल्ला वर्षमा नियमित रूपमा पानी नआउँदा, नेपालतर्फको अन्तिम बिन्दु रौतहटको पूर्वी क्षेत्रसम्म पानी पुग्न सक्दैन थियो।

    गण्डक नहर प्रणाली अन्तर्गत कुल ३७,४०० हेक्टर जमिन सिंचित छ। यसमा पर्सामा १६,०००, बारामा ९,००० र बाँकी क्षेत्र रौतहटमा पर्दछ। नवलपरासीको त्रिवेणी भैंसालोट स्थित नेपाल–भारत सीमामा निर्मित व्यारेजबाट भारतीय पक्षले नहरमा पानी छोड्ने गर्दछ। भारतभित्र करिब ९३ किलोमिटर यात्रा गरेपछि नहर पर्साको जगर्नाथपुर गाउँपालिकाबाट नेपाल प्रवेश गर्छ र रौतहटस्थित बागमती नदीमा मिसिएपछि समाप्त हुन्छ।

    यसरी सम्पन्न सरसफाइ र मर्मत कार्यले यस वर्ष गहुँ सिजनमा सिंचाइ सुविधा सहज हुने र किसानलाई पर्याप्त पानी उपलब्ध हुने अपेक्षा गरिएको छ।

    Post Views: 49
    प्रकाशित मिति: २०८२ चैत्र २५, बुधबार ०७:२८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राष्ट्रपतिले चैत २७ गते दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने
    अब प्रहरी कार्यालय धाउन नपर्ने, उजुरीको प्रगति फोन र एसएमएसमार्फत जानकारी
    ‘मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन सरकार उत्सुक’ : प्रधानमन्त्री शाह
    Advertisement
    ताजा अपडेट
    • १. राष्ट्रपतिले चैत २७ गते दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने

    • २. अब प्रहरी कार्यालय धाउन नपर्ने, उजुरीको प्रगति फोन र एसएमएसमार्फत जानकारी

    • ३. ‘मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन सरकार उत्सुक’ : प्रधानमन्त्री शाह

    • ४. आज देशलाई सबैभन्दा बढी आवश्यक छ—सम्झौता र मेलमिलाप

    • ५. उपसभामुखको निर्वाचन चैत २७ गते हुने

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ३. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    • ४. नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नेपालको उमेदवारी

    • ५. इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो, ध्वस्त भयो : अमेरिकी राष्ट्रपति ट्रम्प

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.