नेपाली काँग्रेसका सांसद सुनिलबहादुर थापाले इन्धन आयात लाग्ने कर तथा अप्रत्यक्ष शुल्कलाई स्थायी रुपले नै घटाउन आग्रह गरेका छन् ।
राष्ट्रिय सभाको बुधवार बसेको बैठकको विशेष समयमा उनले सरकारले गरेको इन्धन आयातमा कर तथा अप्रत्यक्ष शुल्क घटाउने निर्णयलाई स्वागत गर्दै यसलाई दीर्घकालीन रूपमा नै लैजान वा कर पुनरावलोकन गर्न सुझाव दिए ।
उनले इन्धनको मूल्य सुपथ बनाउँदा अर्थतन्त्र नै चलायमान हुने उल्लेख दाबि गरे । उनले हाल मध्यपुर्वमा भइरहेको युद्धका कारण इन्धन आपूर्तिमा समस्या देखिएको बताउँदै भारत सरकारसँग सहकार्य गरेर निरन्तर आपूर्तिको सुनिश्चितता गर्न सरकारसँग आग्रह गरे ।
उनले नेपाली नेपाली राजनीतिमा एकता, सहमति र सहकार्यको आवश्यकता देखिएको बताउँदै सरकारलाई राजनीतिक दलहरूसँग संवाद गर्न सुझाव दिए ।






