• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

संसदिय दलकाे नेता कि वरिष्ठ वा सबैभन्दा युवालाई छानौ – अर्जुननरसिंह केसी

  •  नेपाल चौतारी
  • २०८२ चैत्र २९, आईतवार १७:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काङ्ग्रेस नेता एवम प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले पार्टिको संसदिय दलको नेता चयनमा मापदण्ड बनाउन माग गरेका छन् । केसीले सामाजिक सञ्जाल फेसबुकमार्फत दलको नेता को, किन र कस्तो नेता चाहिन्छ भन्नेमा स्पष्ट मापदण्ड तय हुनुपर्ने बताएका हुन् ।

    प्रतिनिधिसभाको प्रमुख विपक्षी दल, नेपाली कांग्रेस संसदीय दलको नेता चयनमा पार्टीभित्र बहस र बाहिर चासो हुनु स्वाभाविक भएको उल्लेख गर्दै केसीले आफ्ना कारणले ढिलाइ भयो भन्ने कुरा असत्य र भ्रामक भएको पनि स्पष्ट पारेका छन् ।

    उनले भनेका छन -”  मेरो कारण ले ढिलाइ भयो भन्ने वा नाता र नेता का भास्य पनि बाहिर छ्याप्छ्यप्ती आएका छन ।यो असत्य र भ्रामक हो ।”

    उनले सकेसम्म सर्वसम्मती गर्न आग्रह गर्दै त्यसमा आफ्नो पुर्ण समर्थन रहने उल्लेख गरेका छन् । प्रत्यक्ष वा समानुपातिक जुनसुकै प्रक्रियाबाट आएका भएपनी सांसद भएपछी विभेद उचित नहुने बताउदै केसीले  निस्चित मापदण्डको आधार मा योग्यतामा आधारित, न्यायोचित र तार्किक निर्णयमा पुग्न आग्रह गरेका छन् ।

    केसीले लेखेका छन् ,”सहमति को मापदण्ड बनाउ र सके सम्म सर्बसम्मती गरौ ! मेरो पुर्ण समर्थन हुनेछ । सबैभन्दा युबा लाई गरौ वा सबै भन्दा बरिस्ठ लाइ,प्रत्यक्ष वा समानुपातिक जुनसुकै प्रक्रियाबाट आएका भए पनि सांसद भएपछि विभेद उचित हुँदैन। तर पनि निर्बचित नै गर्न हो भने निस्चित मापदणड को आधार मा योग्यतामा आधारित, न्यायोचित र तार्किक निर्णय मा पुगौ।”

    नेता केसीले सहमती हुन नसके तत्काल निर्वाचन मार्फत निर्णयमा पुग्न आग्रह गर्दै परिपक्व र सक्षम निर्णयको आवश्यकत औल्याएका छन् ।

    उनले थपेका छन्,”संसदीय दलको नेता केवल पद होइन, प्रभावकारी प्रतिपक्षी भूमिका निर्वाह गर्ने जिम्मेवारी हो। त्यसैले ढिलाइ होइन, परिपक्व र सक्षम निर्णय आवश्यक छ।सहमती हुन नसके   तत्काल निर्वाचन मार्फत निर्णय मा पुगौ।अब ढिलाइ नगरौ ।”

    Post Views: 56
    प्रकाशित मिति: २०८२ चैत्र २९, आईतवार १७:१८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कुन मन्त्रीको सम्पत्ति कति ?
    स्वास्थ्य सेवा निरन्तर राख्न स्वास्थ्य मन्त्रालयको आग्रह
    सोमबारदेखि ‘शून्य बाँकी फाइल अभियान’
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कुन मन्त्रीको सम्पत्ति कति ?

    • २. स्वास्थ्य सेवा निरन्तर राख्न स्वास्थ्य मन्त्रालयको आग्रह

    • ३. सोमबारदेखि ‘शून्य बाँकी फाइल अभियान’

    • ४. दुई सय ८६ किलो गाँजासहित दुई जना पक्राउ

    • ५. संसदिय दलकाे नेता कि वरिष्ठ वा सबैभन्दा युवालाई छानौ – अर्जुननरसिंह केसी

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो

    • ३. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ४. लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

    • ५. संविधान संशोधन कार्यदलको पहिलो बैठक बस्दै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.