• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

स्वास्थ्य सेवा निरन्तर राख्न स्वास्थ्य मन्त्रालयको आग्रह

  •  नेपाल चौतारी
  • २०८२ चैत्र २९, आईतवार १९:०९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ- नेपाल सरकारले साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू गरेपछि स्वास्थ्य सेवा प्रभावित हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको छ ।

    मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा बिरामीलाई कुनै असहजता नहोस् भन्ने उद्देश्यले बिदाका दिनमा पनि स्वास्थ्य सेवा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएको छ । यसअनुसार मन्त्रालयको अनुरोधपछि अधिकांश अस्पतालहरूले बिदाको दिनमा पनि बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गरिरहेका भन्दै मन्त्रालयले धन्यवाद पनि व्यक्त गरेको छ ।

    विज्ञप्तिमा चिकित्सक, स्वास्थ्यकर्मी तथा सेवा प्रदायक संस्थाबाट प्राप्त गुनासोप्रति मन्त्रालय जानकार रहेको उल्लेख गर्दै ती समस्याको समाधानका लागि मन्त्रालय सकारात्मक र प्रतिबद्ध रहेको जनाएको छ । नागरिकको स्वास्थ्य जस्तो संवेदनशील विषयलाई ध्यानमा राख्दै सेवा निरन्तरता दिनु सबैको प्रमुख दायित्व भएको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

    मन्त्रालयले सम्बन्धित सबै सरोकार भएकाहरूसँग समन्वय गरी स्वास्थ्य सेवा प्रवाहलाई व्यवस्थित, सन्तुलित र दिगो बनाउने उद्देश्यले आवश्यक कार्यविधि तयार पार्ने प्रक्रिया अघि बढाएको जानकारी दिएको छ । उक्त कार्यविधि कार्यान्वयनमा नआउँदासम्म अस्पतालहरूले उपलब्ध जनशक्ति र स्रोतका आधारमा सेवा सञ्चालन गर्न अनुरोध गरिएको छ । मन्त्रालयले सम्पूर्ण सरोकार भएकाहरूबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि चिकित्सक तथा स्वास्थ्यकर्मीबाट निरन्तर सहकार्य र समन्वयको अपेक्षा गरेको छ ।

    Post Views: 109
    प्रकाशित मिति: २०८२ चैत्र २९, आईतवार १९:०९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.