• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

दुर्गा प्रसाईँविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर

  •  नेपाल चौतारी
  • २०८३ बैशाख ९, बुधबार १४:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ – मेडिकल व्यवसायी तथा दुर्गा प्रसाद प्रसाईँविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

    जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले प्रसाईँलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम सजाय गर्न माग गरेको छ । उक्त दफामा कसुरदारलाई १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

    साथै, उनले पटक-पटक यस्तो कसुर गरेको देखिएकाले सोही ऐनको दफा ४७ (२) बमोजिम थप सजाय र अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क भराउन समेत माग गरिएको छ ।
    प्रसाईँले सामाजिक सञ्जाल (फेसबुक) मार्फत आगामी निर्वाचनको सन्दर्भमा भ्रामक र उत्तेजक अभिव्यक्ति दिएको अभियोगपत्रमा उल्लेख छ । विशेषगरी २०८२ फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनको विरुद्धमा बोलेको, “निर्वाचन गरिए देश टुक्रिन्छ” भन्दै वैमनस्यता फैलाउन खोजेको र निर्वाचन आचारसंहिता २०८२ को उल्लंघन गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

    प्रसाईँले फेसबुकमा भिडियोहरू पोस्ट गर्दै राजसंस्था र हिन्दु राज्य कायम नभएसम्म चुनाव हुन नदिने र चुनाव भएमा देशमा अशान्ति मच्चिने खालका अभिव्यक्ति दिएका थिए । ती भिडियोहरूमा उनले “मर्न र मार्न तयार हुने” जस्ता हिंसात्मक र उत्तेजक शब्दहरू प्रयोग गरेको प्रमाणका रूपमा पेश गरिएको छ ।

    Post Views: 25
    प्रकाशित मिति: २०८३ बैशाख ९, बुधबार १४:०२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ट्राफिकद्वारा काठमाडौंमा २४ घण्टामा २३ लाख २० हजार राजस्व संकलन
    नेप्से परिसूचक २.९५ अंकले घट्यो
    गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री शाहले आफैँ सम्हाल्ने
    Advertisement
    ताजा अपडेट
    • १. ट्राफिकद्वारा काठमाडौंमा २४ घण्टामा २३ लाख २० हजार राजस्व संकलन

    • २. नेप्से परिसूचक २.९५ अंकले घट्यो

    • ३. गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री शाहले आफैँ सम्हाल्ने

    • ४. सुधन गुरुङको सन्देश: रामराज्यका लागि त्याग र साहस चाहिन्छ

    • ५. गृहमन्त्री गुरुङले दिए राजीनामा

    चर्चित
    • १. संसदीय समितिमा एमाले र नेकपाका उमेदवारलाई सघाउन कांग्रेसको ह्वीप

    • २. स्पष्टीकरण पार्टी एकताका लागि बाधक : डा. शशांक(वक्तव्यसहित)

    • ३. सर्वोच्चले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता,विशेष महाधिवेशन अनुमोदित

    • ४. एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको निर्देशन

    • ५. इन्धनको मूल्यवृद्धिले चितवनका १२५ ठेक्का रोकिन सक्ने

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.