• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

कीर्तिपुर क्रिकेट मैदानको भाडा सम्झौता नवीकरण हुने सरकारको प्रष्टीकरण

  •  नेपाल चौतारी
  • २०८३ बैशाख १४, सोमबार १६:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको नेपाल क्रिकेट संघ (क्यान) सँगको भाडा सम्झौता नवीकरण प्रक्रिया छिट्टै अघि बढ्ने सरकारले जनाएको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराउने क्रममा सञ्चारकर्मीको जिज्ञासामा प्रतिक्रिया दिँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले त्रिवि नेतृत्वसँग भएको छलफल सकारात्मक रहेको र सम्झौता नवीकरणको प्रक्रिया अघि बढ्ने बताएका हुन्।

    उनका अनुसार आज बिहान त्रिविका उपकुलपतिसहित उच्च पदाधिकारीसँग भएको छलफलपछि मैदान खाली गराउने नभई लिज सम्झौता पुनः नवीकरण गर्ने विषयमा सहमति भएको छ। राज्यले ठुलो लगानी गरेको संरचना भएकाले व्यवस्थापन सम्झौतामार्फत निरन्तरता दिनुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरेका छन्।

    सरकारले सार्वजनिक सम्पत्तिको संरक्षण तथा अतिक्रमित जग्गा फिर्ता अभियानलाई अघि बढाउने क्रममा त्रिविले गत वैशाख ४ गते सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निकायलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो।

    त्यसअनुसार त्रिविको रजिस्ट्रार कार्यालयअन्तर्गत सामान्य प्रशासन महाशाखाले नेपाल क्रिकेट संघलाई समेत औपचारिक पत्राचार गरेको छ। हाल त्रिवि र क्यानबीचको विद्यमान सम्झौता यही वैशाख मसान्तमा समाप्त हुने तय भएको छ।

    Post Views: 93
    प्रकाशित मिति: २०८३ बैशाख १४, सोमबार १६:००
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अठार दिनपछि कृष्णभिरको सडकमा आजबाट दुईतर्फी यातायात सञ्चालन हुँदै
    आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै
    प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?
    Advertisement
    ताजा अपडेट
    • १. अठार दिनपछि कृष्णभिरको सडकमा आजबाट दुईतर्फी यातायात सञ्चालन हुँदै

    • २. आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

    • ३. प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

    • ४. बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    • ५. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.