• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा

  •  नेपाल चौतारी
  • २०८३ बैशाख १८, शुक्रबार २१:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    कास्की- देशको पर्यटकीय राजधानी पोखरामा आजदेखि महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु भएकोे छ। यो प्रतियोगिता पोखरामा आयोजना भएको महिलाको पहिलो प्रतियोगिता हो।

    आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरा रङ्गशालामा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले आयोजकमाथि ८–० को सानदार जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ। पुलिसको जितमा राष्ट्रिय महिला टोलीका स्टाइकरसमेत रहेकी रेखा पौडेलले सर्वाधिक पाँच गोल गरिन्। निर्मला विक र साहारा लिम्बूले एक–एक गोल थपे।

    खेलको तेस्रो मिनेटमै पुलिसकी सम्झना लावतीको प्रहार बाहिरियो। पाँचौँ मिनेटमा रेखा पौडेलले क्रस गरेको बल गोलमा परिणत भएको थियो। नवौँ मिनेटमा उनको प्रहारलाई आरएसकी गोलरक्षक प्रिया लामाले बचाउ गरिन्। लगत्तै दशौँ मिनेटमा रेखाको पासमा निर्मला विकले गोल गर्दै अग्रता दोब्बर पारिन्। सत्ताइसौँ मिनेटमा रेखाले पुनः गोल गरिन्। उनले ३५औँ मिनेटमा ह्याट्रिक पूरा गरिन्। त्यसको दुई मिनेटपश्चात् रेखाले नै पुलिसका लागि पाँचौँ गोल गरिन्।

    त्यसअघि २३औँ मिनेटमा आरएसकी अनिता रानामगरको प्रहार पुलिसका डिफेन्डरले क्लियर गर्दा गोल गर्नबाट चुकिन्। २८औँ मिनेटमा अनिताले नै हेडर गरेको बल पुलिसकी गोलरक्षक उसा नाथले बचाउँदा अर्को अवसर खेर गयो। २९औँ मिनेटमा आरएसकी आयुषा रिउलेले प्रहार गरेको लामो सटमा उसा पुनः बाधक बनिन्। ४०औँ मिनेटमा आयोजकले अर्को अवसर खेर फाल्यो। भूमिका बुढाथोकीको पासमा वर्षा ओलीले फितलो प्रहार गर्दा गोलको अवसर गुम्यो।

    खेलको सुरुआतबाटै आयोजकमाथि हाबी भएको पुलिसले पहिलो हाफमा ५–० को अग्रता कायम राख्यो। पुलिसले दोस्रो हाफमा थप दुई गोल गर्दा एक गोल उपहारस्वरुप पायो। खेलको ५०औँ मिनेटमा साहाराले गोल गरिन्। ६०औँ मिनेटमा रेखाले व्यक्तिगत पाचौँ गोल गरिन्। उनी खेलको ‘प्लेयरअफ दी म्याच’ समेत घोषित भइन्। जितसँगै पुलिस फाइनलमा प्रवेश गरेको छ। प्रतियोगितामा कुल चार टिमको सहभागिता रहेको छ। आयोजक आरएस र पुलिससँगै त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लबको सहभागिता रहेको छ।

    प्रतियोगिताअन्तर्गत शनिबार त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लबबीच दोस्रो खेल हुनेछ। उक्त खेलको विजेताले फाइनलमा पुलिसको सामना गर्नेछ। यही वैशाख २० गते हुने प्रतियोगिताको फाइनल खेलमा च्याम्पियन टोलीले नगद रु पाँच लाखको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेताले रु तीन लाख पुरस्कार पाउनेछन्।

    त्यसैगरी, उत्कृष्ट खेलाडीले रु ३० हजार तथा उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले समान रु १५ हजार प्राप्त गर्नेछन्। अनुशासित टिमले रु २५ हजार पाउने आयोजक आरएस पोखराले जनाएको छ।

    Post Views: 148
    प्रकाशित मिति: २०८३ बैशाख १८, शुक्रबार २१:३७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अठार दिनपछि कृष्णभिरको सडकमा आजबाट दुईतर्फी यातायात सञ्चालन हुँदै
    आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै
    प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?
    Advertisement
    ताजा अपडेट
    • १. अठार दिनपछि कृष्णभिरको सडकमा आजबाट दुईतर्फी यातायात सञ्चालन हुँदै

    • २. आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

    • ३. प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

    • ४. बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    • ५. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.