• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु

  •  नेपाल चौतारी
  • २०८३ बैशाख १९, शनिबार १२:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बेरुत (लेबनान)। दक्षिणी लेवनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । जहाँमा इजरायली सेनाले युद्धविरामको बाबजुद निकासी आदेश जारी गरेको थियो ।

    लेवनानको हबबुसमा भएको आक्रमणमा एक जना बच्चा र दुई महिलासहित आठ जनाको मृत्यु हुनुका साथै अन्य २१ जना घाइते भएको मन्त्रालयले जनाएको छ ।

    यसै गरी जररियामा भएको अर्को आक्रमणहरूमा दुई जना महिलासहित चार जनाको मृत्यु भएको र थप चार जना घाइते भएको बताइएको छ ।

    मन्त्रालयले तटीय सहर टायर नजिकै भएको आक्रमणमा एक जनाको मृत्यु भएको र अन्य सात जना घाइते भएकोसमेत जनाएको छ ।

    हबोसमा पनि इजरायलले यस अघि नै निकासी चेतावनी जारी गरिएको थियो ।

    लेवनानी राष्ट्रिय समाचार एजेन्सी (एनएनए)ले इजरायली लडाकु विमानहरूले चेतावनी दिएको एक घण्टा भन्दा पनि कम समयमा आक्रमण सुरु गरेको रिपोर्ट गरेको छ ।

    इजरायली सेनाले इरान समर्थित समूहको युद्धविराम सम्झौताको उल्लङ्घन पछि हेजबुल्लाह विरुद्ध बल प्रयोग गर्ने जनाउँदै स्थानीय बासिन्दाहरूलाई सहरबाट कम्तिमा एक किलोमिटर टाढा खुला क्षेत्रमा भाग्न आग्रह गरेको थियो ।

    एनएनएले टायरसहित दक्षिण लेबनानका विभिन्न स्थानहरूमा इजरायली आक्रमण गोली प्रहार भएको पनि रिपोर्ट गरेको छ ।

    इजरायल र हेजबोल्लाह बिचको लामो युद्ध रोक्न अप्रिल –१७ मा गरिएको युद्धविरामको बाबजुद इजरायलले लेबनानमा घातक आक्रमणहरू जारी राखेको जनाइएको छ ।

    युद्धविरामले इजरायललाई योजनाबद्ध, आक्रमणहरू विरुद्ध कार्य गर्ने अधिकार प्रदान गरेको छ ।

    इजरायली सेनाले दक्षिणी सहर शामामा विस्फोट गरी यारुन सहरका “मठ मन्दिर र विद्यालय“ ध्वस्त पारेको एनएनएले जनाएको छ ।

    अन्तर्राष्ट्रिय रेड क्रस र रेड क्रिसेन्ट सोसाइटी महासंघका राष्ट्रिय समाज विकास र समन्वयका लागि उपमहासचिव, जेभियर क्यास्टेलानोसले लेबनानी रेड क्रस स्वयंसेवकहरू मिसनमा जाँदा आफ्नो जीवन दाउमा राखेर काम गर्नु परेको बताएका छन् ।

    Post Views: 87
    प्रकाशित मिति: २०८३ बैशाख १९, शनिबार १२:३१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै
    प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    Advertisement
    ताजा अपडेट
    • १. अठार दिनपछि कृष्णभिरको सडकमा आजबाट दुईतर्फी यातायात सञ्चालन हुँदै

    • २. आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

    • ३. प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

    • ४. बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    • ५. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.