• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

थाइल्याण्ड र कम्बोडियाले गरे एक-अर्कामाथि आक्रमण

  •  नेपाल चौतारी
  • २०८२ श्रावण ८, बिहीबार १३:२७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । थाइल्याण्ड र कम्बोडियाले एक अर्कामाथि हमला गरेका छन्। सीमा क्षेत्रमा बिहीबार बिहान दुई देशका सेनाबीच गोली हानाहान भएपछि दुवै देशले एक अर्कामाथि हवाई आक्रमण थालेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

    दुवै देशले एकले अर्कोलाई हमलाको सुरूवात गरेको आरोप लगाएको छ।

    सीमा क्षेत्रमा तनावपछि कम्बोडियाले थाइल्याण्डमा दुइटा रकेटले हमला गरेको बिबिसीले जनाएको छ।

    त्यसपछि थाइल्याण्डले एफ-१६ लडाकू विमानले कम्बोडियाको सैन्य अड्डामा बम खसालेको भनेर बिबिसीले जनाएको छ।

    रकेट हमलाबाट थाइल्याण्डमा कम्तिमा दुई जना मानिसहरूको मृत्यु भएको भनिएको छ।

    तनावपछि सुरिन प्रान्तको काब चोइङ गाउँमा ३० देखि ४० हजार मानिसहरूलाई सुरक्षित ठाउँमा सारिएको छ। त्यस्तै थाइल्याण्डले सीमाक्षेत्रमा विद्यालय बन्द गरेको छ। थाइल्याण्डले कम्बोडियासँगको सबै सिमाना बन्द गरेको छ।

    दुवै देशले एक अर्कासँगको कुटनीतिक सम्बन्ध घटाएको छ। तनावपछि थाइल्याण्डले कम्बोडियाको सैन्य अखडाहरूमा लक्ष्य गरेर हमला गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    सैन्य क्षमताका आधारमा थाइल्याण्ड कम्बोडियाभन्दा तीन गुणा शक्तिशाली रहेको अमेरिकी मिडिया सिएनएनले जनाएको छ।

    थाइल्यान्ड र कम्बोडियाबीचको सिमाविवाद प‍ुरानो हो। दुबैले ८१७ किलोमिटर लामो भूमिसीमा बाँडेका छन्।

    Post Views: 158
    प्रकाशित मिति: २०८२ श्रावण ८, बिहीबार १३:२७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.