अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले शुक्रबार पाकिस्तान शाहीन्ससँग खेल्दैछ। डार्विनमा हुने खेल नेपाली समय अनुसार सवा ३ बजे सुरु हुनेछ। यो खेल नेपालका लागि ‘कर–अथवा–मर’ जस्तै निर्णायक बनेको छ। सेमिफाइनलको आशा जीवित राख्न नेपालले जित्नै पर्ने बाध्यता छ ।
नेपालले यसअघि खेलेका पाँच खेलमध्ये तीनमा पराजय भोग्दै दुईमा मात्र जित हात पारेको छ। लगातार हारपछि पुनः लयमा फर्किएको नेपाली टोलीका लागि पाकिस्तानविरुद्धको भिडन्त निकै चुनौतीपूर्ण मानिएको छ। पाकिस्तान शाहिन्सले भने यसअघि नै उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ। प्रत्येक समूहबाट शीर्ष २ टोली सुपर सिक्स चरणमा पुग्नेछन्।
सुपर सिक्सको अन्त्यमा शीर्ष ३ टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी–२० विश्वकपमा स्थान बनाउनेछन्। यो छनोट प्रतियोगिता असोज २२ देखि ३१ सम्म चल्नेछ। यस प्रतियोगितामा रहेका नेपालसहित ओमान, युएई र पपुवा न्यूगिनीले यसअघि पनि टी–२० विश्वकप खेलिसकेका छन्।






