• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

ऊर्जा सचिव बन्न तीन सहसचिवको प्रतिस्पर्धा, चिरञ्जीवी चटौत सबैभन्दा बरिष्ठ

  •  नेपाल चौतारी
  • २०८२ भाद्र १७, मंगलवार १६:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुरेश आचार्यको ठाउँमा प्राविधिक सचिव बन्न ऊर्जाका तीन सहसचिव प्रतिस्पर्धामा उत्रिएका छन् । सुरेश आचार्य यहीँ भदौ १५ गतेबाट ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका कारण खाली रहेको उर्जा सचिव बन्नका लागि तीन सहसचिवबीच प्रतिस्पर्धा देखिएको हो । उर्जा मन्त्रालय उच्च स्रोतका अनुसार सहसचिव चिरञ्जीवी चटौत, जगदिश्वर कर्माचार्य र नवीनराज सिंह सचिव बढुवाको प्रतिस्पर्धा छन् ।

    चटौत र सिंह हाइड्रोपावर उपसमूहका । कर्माचार्य मेटेरियोलोजी समूहका सहसचिव हुन् । इन्जिनियरिङ सेवाका यी दुबै समूह/उपसमूहको सेवा सञ्चालन ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय नै गर्छ । चटौत र सिंहले विद्युत विकास विभागका महानिर्देशक जिम्मेवारी सम्हालिसकेका हुन् । कर्माचार्यले भने जल तथा मौसम विज्ञानका महानिर्देशकको जिम्मेवारी पूरा गरेका हुन् । चटौत र सिंह अहिले उर्जा ऊर्जा मन्त्रालयमा कार्यरत छन् भने कर्माचार्य जल तथा ऊर्जा आयोगको सचिवालयमा कार्यरत छन् । २०७० फागुन ३० गते सहसचिव भएका चटौतको जागिर २०८३ असार १५ गतेसम्म छ । उनी ५८ वर्ष उमेर हदका कारण चालू आर्थिक वर्षमै अनिवार्य अवकाशमा जाने सूचीमा छन् । १० महिना मात्र सचिव चलाउन पाउने भएको र वरिष्ठ सहसचिव पनि भएकाले चटौत नै इन्जिनियरिङ क्लष्टरको विशिष्ट श्रेणी सहसचिवमा बढुवा हुने उच्च सम्भावना छ ।

    चटौतसँगै एकैदिन सहसचिव भएका कर्माचार्य यसअघिको सचिव बढुवाको सिफारिसमा उनीभन्दा पछि परेका थिए । एक नम्बरमा दिनानाथ मिश्र, दुई नम्बरमा चिरञ्जीवी चटौत र तीन नम्बरमा नवीनराज सिंह सिफारिस भएका थिए । मिश्र सचिवमा बढुवा भएपछि पहिलो नम्बरमा चटौत उम्लिएका छन् । दोस्रो नम्बरमा सिफारिस हुने कर्माचार्यको जागिर २०८६ असोजमा १५ गतेसम्म छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा बिडारी ५८ वर्ष पुगेर चैत ८ गते अनिवार्य अवकाश पाएपछि उक्त ठाउँमा कर्माचार्य सचिवमा बढुवा हुनेछन् । उनी पुरै अवधि सचिव चलाउनेमा पर्छन् । चटौत र कर्माचार्यभन्दा एक हप्ता पछाडि सहसचिव भएका नवीनराज सिंहको जागिर २०८४ साउनसम्म छ । सिंह नेपाल ट्रष्टको कार्यालयका सचिव रामआधार साहले ५८ वर्ष लागेर चैत मसान्तमा अनिवार्य पाएपछि सचिव बढुवा हुनेछन् । उनको ६० वर्षसम्म जागिर कायम रहने देखिन्छ ।

    Post Views: 80
    प्रकाशित मिति: २०८२ भाद्र १७, मंगलवार १६:१८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसमा कारबाहीको तयारी : गगनको संकेत, पूर्णबहादुरको प्रतिवाद
    एक दशकमा ३० हजार मेगावाट विद्युत् जडित क्षमता पुर्‍याउने लक्ष्य
    सरकारले सार्वजनिक गर्‍यो राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्ण पाठ)
    Advertisement
    ताजा अपडेट
    • १. कांग्रेसमा कारबाहीको तयारी : गगनको संकेत, पूर्णबहादुरको प्रतिवाद

    • २. एक दशकमा ३० हजार मेगावाट विद्युत् जडित क्षमता पुर्‍याउने लक्ष्य

    • ३. सरकारले सार्वजनिक गर्‍यो राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्ण पाठ)

    • ४. वैशाख २९ गतेभित्र एसइई नतिजा प्रकाशन गर्ने बोर्डको तयारी, तीन दर्जन कर्मचारी परिचालन

    • ५. कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु

    चर्चित
    • १. सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो

    • २. प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कुन मन्त्रीको सम्पत्ति कति ?

    • ३. संसदिय दलकाे नेता कि वरिष्ठ वा सबैभन्दा युवालाई छानौ – अर्जुननरसिंह केसी

    • ४. निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य, कार्यान्वयन नगरे कारबाही गर्न मन्त्रालयको निर्देशन

    • ५. संविधान संशोधन कार्यदलको पहिलो बैठक बस्दै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.