• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

झुम्का कारागारमा अज्ञात रोगका कारण तीन जना कैदी बन्दीको मृत्यु, १३ जनाको उपचार हुँदै

  •  नेपाल चौतारी
  • २०८२ भाद्र १९, बिहीबार ०९:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनसरीको झुम्का कारागारमा चार दिनभित्र तीन जना कैदी बन्दीको मृत्यु भएको छ। कैदीबन्दीहरूमा उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र वान्ता हुने जस्ता लक्षण देखिएको छ । तर के रोग हो अझै पत्ता लाग्न सकेको छैन् ।

    जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पछिल्लो पटक बुधबार दिउँसो अचानक बेहोस् भएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएका सप्तरीको राजविराज–८ का ४६ वर्षीय जलेश्वर यादवको बुधबार साँझ मृत्यु भएको छ।

    यसअघि गत १५ गते एक जना र १६ गते अर्का एक कैदीको मृत्यु भएको थियो। अहिले सोही कारागारका उच्च ज्वरोका कारण १३ जना विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत छन्।

    कारागार प्रशासनका अनुसार सुनसरीको गढी गाउँपालिका–६ बस्ने ४८ वर्षीय रामदेव उराव र धरानका २४ वर्षीय सागर राईको मृत्यु भएको थियो।

    कारागारमा विरामी बढ्न थालेपछि जिल्ला सुरक्षा समिति सुनसरीको टोलीले अनुगमन गरी बुधबार रातिदेखि नै स्वास्थ्य शिविर सञ्चालन गरेको छ। झुम्का कारागारमा आजको गन्ती अनुसार १७ सय ९५ कैदी रहेको कारागार प्रशासनले जनाएको छ।

     

    Post Views: 85
    प्रकाशित मिति: २०८२ भाद्र १९, बिहीबार ०९:१७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २०८३ साउन १ गतेदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन वा उपदान नपाउने
    सार्वजनिक लेखा समिति सभापतिमा श्रम संस्कृति पार्टीको दाबी
    राष्ट्रपति पोडेल राष्ट्रिय सभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. २०८३ साउन १ गतेदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन वा उपदान नपाउने

    • २. करण केसीलाई क्यानले गर्‍यो कारवाही

    • ३. सार्वजनिक लेखा समिति सभापतिमा श्रम संस्कृति पार्टीको दाबी

    • ४. राष्ट्रपति पोडेल राष्ट्रिय सभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

    • ५. सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो

    • ३. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ४. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    • ५. लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.