नेपाली सेनाले गएराति १० बजेदेखि सुरक्षा जिम्मा लिएको जनाएको छ । जेनजीको आन्दोलनको फाइदा उठाउँदै केही समूह लुटपाटमा सक्रिय भएपछि सेना सुरक्षाका लागि सडकमा आएको हो ।
नेपाली सेनाले काठमाडौँका विभिन्न स्थानबाट अराजक गतिविधि गरेका केही युवाहरूलाई पक्राउ गरेको छ भने देशैभरि भीड नगर्न, सार्वजनिक र व्यक्तिगत सम्पत्ति तोडफोड नगर्न पनि आग्रह गरिरहेको छ ।
बुधबार (आज) बिहानैदेखि सडकमा सेनाले जनताको जीउ धन र सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि सबैलाई माइकिङ गर्दै आग्रह गरिरहेको हो । आफ्नो नजिक सार्वजानिक सम्पतिमा कसैले क्षति पुर्याउन लागेको जानकारी भए तत्काल नालाई सूचना दिन पनि आग्रह नेपाली सेनाले गरिरहेको छ ।
जेनजीले पनि आन्दोलनका क्रममा केही तत्त्वहरूले लुटपाट गर्ने र सार्वजनिक सम्पत्ति नष्ट गर्ने प्रयास गरिरहेको भन्दै लुटपाट र सार्वजनिक सम्पत्ति तोडफोडलाई कुनै पनि हालतमा स्वीकार नगर्ने स्पष्ट पारेको पारिसकेको छ ।






