• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

वर्तमान संसद र संविधानकै परिधिबाट निकास निकाल्न प्रेस युनियनका माग

  •  नेपाल चौतारी
  • २०८२ भाद्र २५, बुधबार १३:४९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाल प्रेस युनियनले वर्तमान संसद र संविधानकै परिधिमा रहेर सरकार गठनलगायतका प्रक्रिया अघि बढाई संविधान प्रदत्त नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारका विश्वव्यापी मान्यताहरूको अभ्यास गर्न सबै पक्षलाई आग्रह गरेको छ छ। जेनजीको आन्दोलनपछि उत्पन्न जटिल परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले जारी गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा भएको राज्यको दमन, २३ जनाभन्दा बढी निहत्था नागरिकको मृत्यु, प्रधानमन्त्रीको राजीनामा, र सार्वजनिक तथा निजी सम्पत्तिको व्यापक तोडफोडले देश संकटपूर्ण अवस्थामा पुगेको उल्लेख छ।

    यस्तो अवस्थामा सबै देशवासीलाई संयमित र संवेदनशील भई देशको रक्षा गर्न सक्रिय हुनुपर्नेमा जोड दिइएको छ। नेपाली सेनाले सुरक्षा व्यवस्थाको जिम्मेवारी आफैंले लिने घोषणापछि सिर्जित नयाँ परिवेशलाई उचित ढंगले व्यवस्थापन गर्नुको विकल्प नभएको विज्ञप्तिमा उल्लेख छ। संक्रमणकाल लम्ब्याउने र कुशल व्यवस्थापन गर्न नसक्ने हो भने मुलुकले थप क्षति व्यहोर्नुपर्ने जोखिमप्रति सबै पक्षलाई सचेत रहन आग्रह गरिएको छ।

    लम्सालले लोकतान्त्रिक प्रक्रियालाई आत्मसात गर्दै संवादमार्फत तत्काल निकास निकाल्न र लोकतन्त्रको अभ्यास सुनिश्चित गर्न सबै पक्षलाई जिम्मेवार हुन अपील गर्नुभएको छ। “लोकतन्त्रको विकल्पमा अरू कुनै विकल्प हुन सक्दैन,” विज्ञप्तिमा भनिएको छ। यस्तो संवेदनशील अवस्थामा नागरिकको सत्य र तथ्यपूर्ण सूचना प्राप्त गर्ने अधिकारलाई जोड दिँदै सही सूचनाको अभावमा अफवाह फैलने र थप समस्या उत्पन्न हुने जोखिमप्रति सचेत रहन पत्रकारहरूलाई आग्रह गरिएको छ। सूचनाको सहज प्रवाहका लागि नेपाली सेना र राज्यका सबै संरचनालाई सहयोग गर्न पनि अनुरोध गरिएको छ।

    Post Views: 168
    प्रकाशित मिति: २०८२ भाद्र २५, बुधबार १३:४९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.