• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

राष्ट्रपतिले अघि बढाएको संवाद पहललाई राजनीतिक दल,नागरिक समाज सबैले सहयोग गर्न आवश्यक : मुख्यमन्त्री पाण्डे

  •  नेपाल चौतारी
  • २०८२ भाद्र २६, बिहीबार १०:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले अहिलेको विषम परिस्थितिबाट मुलुकलाई पार लगाउन संयम, संवाद र एकताको बाटो नै एकमात्र विकल्प भएको बताउनुभएको छ । मुख्यमन्त्री पाण्डेले सामाजिक संजालमार्फत राष्ट्रपतिले अघि बढाएको संवाद पहललाई सफल बनाउन राजनीतिक दल,नागरिक समाज, सञ्चार जगत लगायत सबै तहबाट सहकार्य हुन अपरिहार्य रहेको बताएका छन् ।

    राष्ट्रपतिको संवादको पहललाई गण्डकी प्रदेश सरकार हार्दिक स्वागत गरेको बताए र। । उनले युवापुस्ताको आकांक्षा र भावनालाई समेटदै, संवैधानिक रिक्तता र शून्यता सिर्जना हुन नदिई, वैधानिक र लोकतान्त्रिक बाटोबाट दीर्घकालीन समाधान खोज्न जरुरी रहेको उल्लेख गरेका छन् ।

    मुख्यमन्त्री पाण्डेको फेसबुकमा लेखेका छन् :
    आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू एवम् गण्डकी प्रदेशवासी नागरिकहरू !
    गत भाद्र २३ र २४ गतेका दिन न्भल(श् युवाहरूले गरेको आन्दोलनका क्रममा जीवन गुमाउनुहुनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको हार्दिक कामना गर्दछु।

    देशमा भदौ २३ गते भएको मानवीय क्षतिको पीडामाथि भदौ २४ गते सार्वजनिक सम्पत्ति र ऐतिहासिक धरोहरमा भएको अकल्पनीय क्षतिले हामी सबैलाई स्तब्ध र मर्माहत बनाएको छ । संघिय संसद भवन, सिंहदरबार परिसर, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय, गण्डकी प्रदेशसभा भवन,प्रदेश प्रमुख र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय, सरकारी कार्यालय(निवास, नीजी सम्पत्ति लगायतका संरचनामा पुगेको क्षति अत्यन्त दुःखद र निन्दनीय छ ।

    यसैगरी, पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत राजनीतिक दलका नेताहरूमाथि भएको अमानवीय आक्रमणप्रति गहिरो खेद व्यक्त गर्दै घोर निन्दा गर्दछु । साथै उहाँहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

    यस्तो विषम परिस्थितिबाट मुलुकलाई पार लगाउन संयम, संवाद र एकताको बाटो नै एकमात्र विकल्प हो । सम्माननीय राष्ट्रपतिज्यूले अघि बढाउनुभएको संवाद पहललाई गण्डकी प्रदेश सरकार हार्दिक स्वागत गर्दछ । यो पहललाई सफल बनाउन राजनीतिक दल,नागरिक समाज, सञ्चार जगत लगायत सबै तहबाट सहकार्य हुन अपरिहार्य छ ।

    युवापुस्ताको आकांक्षा र भावनालाई समेटदै, संवैधानिक रिक्तता र शून्यता सिर्जना हुन नदिई, वैधानिक र लोकतान्त्रिक बाटोबाट दीर्घकालीन समाधान खोज्न जरुरी छ ।

    भदौ २३ को अत्यधिक बल प्रयोग र त्यसपछिका योजनाबद्ध आगजनी तथा तोडफोडका घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न आवश्यक छ भन्नेमा म दृढ छु । शान्तिपूर्ण आन्दोलनको नाममा घुसपैठ गरी नियोजित विध्वंस गर्ने प्रवृत्ति अस्वीकार्य छ र यसको कठोर निन्दा गर्दछु ।

    यो घटनाक्रमले राजनीतिक नेतृत्वलाई गहिरो आत्मसमीक्षा गर्न बाध्य पारेको छ । अब हाम्रो जिम्मेवारी भनेको जनअपेक्षा अनुसार जवाफदेही, पारदर्शी र उत्तरदायी कार्यबाट देशलाई पुनर्निर्माण र स्थायित्वको बाटोमा अघि बढाउनु हो । नेपाली समाजको विशिष्ट चरित्र ‘सामाजिक एकता र सद्भाव’ हो, जसलाई अझ बलियो बनाउँदै हामीले नयाँ बाटो पहिल्याउनुपर्ने घडी आएको छ ।

    युवापुस्ताको उत्साह, आम नागरिकको अपेक्षा र लोकतान्त्रिक मूल्यलाई आत्मसात गर्दै, गण्डकी प्रदेश सरकार ‘घर जलेपछिको खरानीलाई जग र जरैदेखि बलियो बनाउन पुँजीको रूपमा’ लिँदै शान्ति, स्थायित्व र समृद्धिको यात्रामा दृढतापूर्वक अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु ।
    धन्यवाद ।
    जय नेपाल !
    सुरेन्द्रराज पाण्डे
    मुख्यमन्त्री
    गण्डकी प्रदेश सरकार
    दिनाङ्कस् २०८२ भाद्र २५ गते, बुधबार

    Post Views: 95
    प्रकाशित मिति: २०८२ भाद्र २६, बिहीबार १०:२४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.