• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

वर्तमान संविधानकै सही कार्यान्वयनबाट ‘जेनजी’ पुस्ताको माग सम्बोधन सम्भव छ : प्रथम राष्ट्रपति यादव

  •  नेपाल चौतारी
  • २०८२ भाद्र २७, शुक्रबार १५:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    प्रथम राष्ट्रपति डा. रामवरण यादवले वर्तमान संविधानकै सही कार्यान्वयनबाट ‘जेनजी’ पुस्ताको माग सम्बोधन सम्भव रहेको बताएका छन् । शुक्रबार पूर्वराष्ट्रपति यादवले प्रेस वक्तव्य जारी गर्दै युवाहरूको सो आन्दोलन भ्रष्टाचारको अन्त्य, पूर्णअभिव्यक्ति स्वतन्त्रता र उत्तरदायी शासन–व्यवस्था अर्थात् सुशासनजस्ता अत्यन्त स्वाभाविक र आधारभूत मागका निम्ति भएको बताए । उनले आन्दोलनपश्चात् सिर्जित राजनीतिक–प्रशासनिक अन्योल अन्त्य गरी हरेक नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न तथा मुलुकलाई सुव्यवस्थाको बाटोमा डोर्‍याउन जिम्मेवार निकाय र पदाधिकारीहरूले अब थप विलम्ब गर्ने छैनन् भन्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

    प्रथम राष्ट्रपनि यादवले भदौ २३ गते सोमबार ‘जेनजी’ ब्यानरमा युवा तथा किशोर–किशोरीहरूको जुलुस प्रदर्शनको क्रममा भएको अकल्पनीय हिंसा, आगजनी, तोडफोड र लुटपाटका घटनाले सिंगो मुलुकलाई नै कम्पित एवं स्तब्ध तुल्याएको उल्लेख गरे । यस घटनाबाट व्यक्तिगत रूपमा आफू अत्यन्त दुःखी र मर्माहत भएको उनले जनाएका छन् । वक्तव्यमा पूर्वराष्ट्रपति यादवले भनेका छन्, ‘सर्वप्रथम म उक्त जघन्य हिंसा र आगजनीमा परी अकालमा ज्यान गुमाउनु भएका भाइ–बहिनीहरूको आत्माले शान्ति पाओस् भनी हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु । साथै आफ्ना होनहार सन्तान, साथी र सहपाठीलाई असमयमा गुमाउनुपर्दा शोकको पीडामा रहनुभएका दिवंगत युवाका परिवार तथा स्वजनहरूप्रति समवेदना व्यक्त गर्दै उहाँहरूलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भनी कामना गर्दछु ।’

    देशको ऐतिहासिक धरोहरसमेत रहेको सिंहदरबार, शितल निवास, प्रधानमन्त्री तथा मन्त्रीका निवास एवं मन्त्रालयहरू, सर्वोच्च अदालतदेखि जिल्ला आदालतसम्मका न्यायिक संरचना, प्रदेशसभा र मुख्यमन्त्रीका कार्यालयदेखि गाउँ र नगरपालिका तहका संरचनाहरूमा गरिएको नियोजित जस्तो देखिने भदौ २३–२४ गतेको तोडफोड र आगजनीका कृत्यहरूको यथार्थ उद्देश्य र त्यसका कारकहरू ठम्याउनु मुलुक र नेपाली समाजको अमनचयन राष्ट्रको एकता, अक्षुणता एवं सुरक्षित भविष्यका लागि समेत अपरिहार्य रहेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

    पूर्वराष्ट्रपति यादवले विज्ञप्तिमा भनेका छन्, ‘यस आन्दोलनका क्रममा लाखौं नेपालीलाई रोजगारी दिने अनि राज्यलाई अर्बौं रुपैयाँ राजस्व तिरेर मुलुक र समाजको आर्थिक समृद्धिमा ठुलो योगदान गरिरहेका मूल्यवान औद्योगिक एवं व्यावसायिक प्रतिष्ठानहरूमा भएको तोडफोड र आगजनीले देशको अर्थतन्त्रमा दूरगामी धक्का पुर्‍याएको छ । यस्तो घातक प्रवृत्तिबाट भविष्यमा मुलुकलाई जोगाउनका निम्ति यसलाई गम्भीरतापूर्वक लिन म सबैलाई अपील गर्दछु ।’

    Post Views: 279
    प्रकाशित मिति: २०८२ भाद्र २७, शुक्रबार १५:१४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.