शुक्रबार राती राष्ट्रपति रामचन्द्र पौडेलबाट पूर्व प्रधानन्यायधीश सुशीला कार्कीले अन्तरिम प्रधानमन्त्रीको शपथ लिइन् । उनले सपथ लिएर कार्यभार पनि सम्हालेकी छैनन् । सिंहदरवारमा उनका लागि गृहमन्त्रालका लागि बनेको नयाँ भवनमा कार्यकक्ष तयार हुँदै छ । तर कार्कीले शीतल निवासबाट शपथ लिएर प्रधानमन्त्री निवास बालुवाटार पनि नपुग्दै दक्षिणी मित्रराष्ट्र भारतले स्वागत गरेको छ ।
भारतले नेपालका नयाँ प्रधानमन्त्रीलाई गर्ने स्वागतको पनि अर्थ हुने गरेको छ । पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत स्वागत गरेको हो ।
विज्ञप्तिमा भनिएको छ ,“हामी सुशिला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौँ । हामीलाई आशा छ कि यसले शान्ति र स्थिरतालाई प्रवद्र्धन गर्न मद्दत गर्नेछ ।” भारतले नजिकको छिमेकी, लोकतान्त्रिक मित्र र दीर्घकालीन विकास साझेदारको रूपमा दुई देश र जनतको कल्याण र समृद्धिका लागि नेपालसँग मिलेर निरन्तर काम गरिरहने जनाएको छ ।
कार्कीलाई जेनजीको आन्दोलनलाई भड्काउन भारतिय संग्लनता भएको भन्दै प्रन उठिरहेका बेलामा त्यही आन्दोलनको बलमा प्रधानमन्त्रत्री बनेकी कार्कीलाई प्रधानमन्त्रीका रुपमा भारतले स्वागत गर्न गरेको हतारोलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।






