विगत लामो समयदेखि आन्तरिक छलफल गर्दै आएको नेपाली कांग्रेसका ५ जना पूर्वपदाधिकारीहरू पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा जम्मा भएका छन् ।
पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू सिंह, कृष्णप्रसाद सिटौला र डा शशाङ्क कोइराला तथा पूर्वसहमहामन्त्री एवं अहिलेका पार्टी प्रवक्ता डा प्रकाशशरण महतले छलफलका लागि चाक्सीबासीमा जम्मा भएका हुन् ।
उनीहरूले पार्टीको आगामी १५ औँ महाधिवेशनमा कसरी अगाडि बढ्ने, शुक्रबारको कार्यसम्पादन समिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उठाएको विशेष महाधिवेशन र नेतृत्व परिवर्तनको विषयमा समान धारणा बनाउने विषयमा कुराकानी भइरहेको स्रोतले जनाएको छ ।
कांग्रेसका सात पूर्व पदाधिकारीले छलफल गरिरहेकामा पूर्वउपसभापति विजयकुमार गच्छदार भने आइतबारको छलफलमा सहभागी छैनन् । उनीहरूले निरन्तर छलफल गरिरहेका छन् ।






