नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सबै तहका पदाधिकारी तथा समिति भंग गरी पार्टीको विशेष महाधिवेशनको प्रस्ताव गरेका छन्।
आइतबार जारी पार्टी पदाधिकारी बैठकमा १ घण्टा सम्बोधनका क्रममा उनले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्। पदाधिकारी बैठकले दाहालको प्रस्तावअनुसार निर्णय गरेर केन्द्रीय समितिमा पठाउने छ।
केन्द्रीय समितिले तलदेखि माथिसम्मका सबै तहका पदाधिकारी तथा समिति भंग भएपछि महाधिवेशन आयोजक समिति बन्नेछ।
महाधिवेशन आयोजक समितिले नै मंसिरको महाधिवेशन गर्ने अख्तियारी पाउनेछ।






