काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार भएको भेटमा समसामयीक राजनीति, फागुन् २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
कार्की प्रधानमन्त्री बनेपछि राष्ट्रपति पौडेलसँग पहिलो पटक भेट गरेकी हुन् । उनी प्रधानमन्त्री भएपछि राष्ट्रपति भवन शीतल निवासमा ३ पटक पुगेपनि राष्ट्रपति भवन शीतल निवास पुगेकी थिइन् ।
पहिलो पटक ३ जना मन्त्रीहरूको सपथ ग्रहण र दोश्रो पटक संविधान दिवसका अवसरमा शीतल निवासमा आयोजित कार्यक्रममा र तेस्रो पटक ४ जना मन्त्रीको शपथग्रहण समारोहका शीतल निवास पुगकी थिइन् ।






